गोरे भन्छन् : मलाई प्रयोग गरियो

कलम नेपाल ।
चर्चित सुन काण्डका नाइके भनेर प्रचार गरिएका गोरे भनिने चुडामणि उप्रेतीले आफूलाई प्रयोग मात्र गरिएको खुलासा गरेका छन् ।
उनले सार्वजनिक गरेको भिडियोमा भनेकाछन मलाई हरेक हत्खण्ड प्रयोग गरेर फसाईदैछ , यस काण्डमा संलग्न अरूले दिएको यातनालाई भिडियोमा लुकाएर मेरो मात्र सार्वजनिक गरिएको छ ।

सनम शाक्यको मृत्यु मेरो कारणले नभएको दाबी गर्दै अगाडि भनेका छन् अघिल्लो दिन खिचिएको मेरो भिडियोलाई देखाएर मैलेनै हत्या गरे जस्तो बनाइएको छ । तर त्यो सन्दा आफू चकित भएको र सनमको हत्या भएको सञ्चार माध्यामबाट मात्र थाहा पाएको उनको भनाइछ ।

गोरेको भन्छन् – एसएसपी खत्रीलाई पक्रनुस्, सबै खुल्छ

करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रारम्भिक बयानमा वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पोलेका छन् ।

सुन तस्करीबाट अनुसन्धान गरिरहेको छानबिन समितिले मङ्गलवार बिहान काठमाडौँ-८ गौरीघाटबाट गोरेलाई पक्राउ गरेको हो । उनलाई मङ्गलवार नै सार्वजनिक गरिएको छ । लगतै जिल्ला अदालत मोरङमा हाजिर गराइएको छ ।

सार्वजनिक गर्नुअघि समितिले गोरेसँग बयान लिएको थियो । त्यसक्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटक पटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाइ दिएको थियो ।

फेरि सुनकाण्डमा उनको संलग्नता देखिएपछि छानबिन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् ।

पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२/०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यस बेला नै गोरेले तस्करीको सेटिङ मिलाए ।

खत्रीबाहेक ६ प्रहरी अधिकारीलाई जिल्ला अदालत, मोरङले मङ्गलवार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तर, उनका ड्राइभर र अंगरक्षक धरौटीमा छुटे ।

बयानका क्रममा गोरेले विमानस्थलका प्रहरी अधिकारीसँग सेटिङ मिलाएर सुन कटाउने गरेको स्वीकारेका छन् ।

उनको डायरीमा उल्लिखित विवरण अनुसारको रकम पूर्व डिआईजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल लगायतलाई दिएको स्वीकारेका हुन् । ‘बयानका क्रममा उनी निकै त्रसित देखिन्थे’, गृह मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई भने, ‘कहिले रुँदै मलाई हान्दिन भन्थे त कहिले हाँस्ने गर्थेँ ।’

लगानीकर्ता मोहन हुन्, अरू उनैले चिन्छन्

गरोले बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिसन लिने भएको बताएका छन् । ‘दिनमा ८६ केजीसम्म सुन भित्र्याएका छौँ । यत्रो सुनमा लगानी गर्ने मेरो हैसियत पनि छैन’, उनले दिएको बयानलाई उदृत गर्दै स्रोतले भन्यो, ‘मेरो पनि लगानी हुँदै नहुने चाहिँ होइन । अलिअलि पैसा कमाएको थिएँ । कहिले काहीँ थोरै परिमाण आफैँ पनि ल्याउँथे ।’

उनले लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका छन् । साथै केही भारतीय पनि रहेको तर, उनीहरूसँग समन्वय अग्रवालले गर्ने गरेको उनको दाबी छ ।
‘सुन हराएपछि मलाई दबाब थियो । त्यसैले सुन खोजीमा व्यापक रूपमा लागेका हौँ’ उनले भनेका छन् ।

Comments

comments

LEAVE A REPLY