सुन काण्डमा खास कसको लगानी हो खुलाउन ,आत्मसमर्पण गर्न आफैं नेपाल आएका थिए गोरे

कलम नेपाल ।
काठमाडौं,
सुन तस्करि र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे आत्मसमर्पण गर्न नेपाल आफैं आएको खुलेको छ।

गोरेलाई छानबिन समितिले काठमाडौंको गौरीघाटबाट बिहान साढे पाँच बजे पक्राउ गरेको थियो।

तस्करीको ३३ किलो सुनकाण्ड र सनम हत्या काण्डको मुख्य अभियुक्त गोरेलाई बनाईएको र ४ वर्षमा करिव ३८ सय किलो अवैध सुन गोरेलेनै भित्र्याएको भन्ने कुरा आएपछि सत्य कुरा बाहिर ल्याउन गोरे आफैं नेपाल आएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।

स्रोतले भन्यो ‘तस्करीको सुन व्यवस्थापन गर्ने गोरेलाई ३८ सय किलो सुनको मालिक नै जस्तै बनाइयो। त्यो कुरा गोरेलाई चित्त बुझेन। उनी आफै आएर समितिसमक्ष सुनमा खास कसको लगानी भन्ने बारेमा खुलाउन चाहन्थे।’

प्रहरीले इन्काउन्टर गर्न सक्ने भएकाले उनलाई आत्मसमर्पण गर्न लगाउने योजना गोरेका आफन्तले बनाएका हुन्। यो मुद्दामा पक्राउ परेकामध्ये केही गोरेका आफन्त पनि छन्। गोरेका बुवाले गोरे भागिरहे उनको ज्यान नै खतरामा पर्ने बरू आत्मसमर्पण गरे ज्यान जोगिने भन्दै उनलाई काठमाडौं बोलाउन अरू आफन्तलाई आग्रह गरेका थिए।

स्रोतका अनुसार गोरे सोमबार काठमाडौं आएका थिए।

उनी काठमाडौं आएको कुरा उनका परिवारले समितिलाई सूचना दिएपछि उनलाई मंगलबार पक्राउ गरिएको हो।

Comments

comments

LEAVE A REPLY