लामो समय विदेशमा श्रीमान् तर घरमा बच्चा जन्मे पछि

कलम नेपाल ।

कञ्चनपुर– नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गङ्गा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ।

गङ्गाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म दिएकी हुन् ।

बिहीबार जन्मिएको शिशुको हत्या भएको खबर प्राप्त भएपछि शुक्रवार साँझ दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत नवजात शिशुको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस

Comments

comments

LEAVE A REPLY