गणतन्त्र दिवसको विदा कटाैती नगर्न माग

कलम नेपाल
विर्तामोड । नेपाल प्रेस युनियन झापा शाखा र केन्द्रीय प्रतिनिधिको बैठकले शहिदहरुको बलिदान र नेपाली जनताको अदम्य साहससहितको संघर्षद्वारा स्थापित गणतन्त्र दिवसमा दिइदै आएको सार्वजनिक विदा कटौती गरेको प्रति गम्भीर असहमति प्रकट गरेको छ ।

युनियनका शाखा अध्यक्ष कृष्ण हुमागाँईको अध्यक्षतामा आइतबार विर्तामोडमा बसेको संयुक्त बैठकले जनआन्दोलन २०६२÷०६३ मा नेपाली जनताको अपार जनसहभागितामा सफल जनआन्दोलनको सम्मान गर्दै गणतन्त्र दिवसका दिन दिइदै आएको विदालाई निरन्तरता दिन आग्रह गरेको छ ।

सार्वजनिक विदा निरन्तरताको माग गर्दै युनियनले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाउने भएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने कार्यक्रममा १० बजे उपस्थित हुन युनियनका सदस्यहरुलाई आह्वान समेत गरिएको छ ।

यसैगरी युनियनको विधानलाई अविलम्ब परिमार्जन गरी संकठनलाई प्रादेशिक संरचनामा लैजान केन्द्रीय समिति समक्ष माग गरेको छ । बैठकले तत्काल विधान संशोधन गरी जिल्ला अधिवेशनको मिति खुल्ला गर्न पनि माग राखेको छ ।

त्यस्तै बैठकले नेपाल पत्रकार महासंघ प्रदेश समितिमा युनियनका तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित केन्द्रीय प्रतिनिधि रेजिना गौतम, उपाध्यक्षमा निर्वाचित इलामका सोमनाथ सुसेली, पाँचथरका विपेन्द्र गौतम, उदयपुरका डिल्लीराम खतिवडा, मोरङका ब्रम्ह्रदेव यादव र सुनसरीका इकवाल अहमदलाई बधाई ज्ञापन गरेको छ ।

Comments

comments

LEAVE A REPLY