गोरेको बयान सकियो

कलम नेपाल

माेरङ । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दाका मुख्यअभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’को बयान आइतबार सकिएको छ।

उनीसँग जिल्ला अदालत मोरङले चार दिन बयान लिएको हो। जिल्ला अदालतको बन्द इजलासमा बुधबारदेखि भएको बयान आइतबार मध्यान्हमा सकिएको हो।

बयानका क्रममा गोरेले बाहिर भनिएजस्तो आफू नै सुन तस्करीको मुख्य मान्छे नभएको बताएका छन्।
बयान सकिएपछि आजै बहस सुरू हुने भएको छ।

जिल्ला न्यायाधिवक्ता पुण्य पाठकले सरकारको पक्षमा र वकिल यमबहादुर मगरले गोरेका पक्षमा बहस गर्ने भएका छन्।

बहसपछि आजै फैसला आउने सम्भावना रहेको जिल्ला अदालत स्रोतले जानकारी दिएको छ।

Comments

comments

LEAVE A REPLY