विपक्षीले विरोध गर्न पाउनेकी नपाउने ? प्रधानमन्त्रीको जवाफ ‘नाच्दा राम्रो हुन्छ, तर…

कलम नेपाल ।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा दिएको जवाफलगत्तै विपक्षी दलका सांसदहरूले कतिपय विषयमा सरकारको धारणा मागेका छन् । सांसदहरूको प्रश्नको जवाफ दिन लगत्तै प्रधानमन्त्री संसद्को रोस्टमा पुगे ।
वार्षिक कार्यक्रमा धर्मनिरपेक्षताबारे उल्लेख नभएकोबारे राखेको जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘धर्मनिरपेक्षताका विषयमा छुट्टै शीर्षकमा बजेट पनि छुट्याउनुपर्दैन । कतिपय कुरामा सेन्टिमेन्टल हुन खोज्छौँ । धर्मनिरपेक्षतालाई बाकसमा हालेर साँचो हालेका छौँ ।’

मन्त्रीको सम्पत्ति विवरणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्रीले संक्षिप्त जवाफ दिए, ‘बैङ्क एकाउन्ट हेर्दा सबै विवरण आइहाल्छ ।’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने दोहोर्‍याउँदै प्रधानमन्त्रीले ‘तर मैले नै भनेको हुनुपर्छ भनेर जिद्धि राख्न उचित नहुने’ धारणा राखे ।

विपक्षीले विरोध गर्न पाउँछ कि पाउँदैन भने राखेको जिज्ञासामा प्रधानमन्त्रीले भने, ‘नाच्दा राम्रो हुन्छ, तर अहिले अगाडि आएर नाच्दा राम्रो देखिँदैन कि ।’

Comments

comments

LEAVE A REPLY