दक्षिण कोरियासँग दुई वर्षे श्रम समझदारी नवीकरण

कलम नेपाल ।

काठमाडौं । सरकारले दक्षिण कोरियासँग भएको श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको छ । दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्ष श्रम नवीकरण गर्दै आएको छ ।

यसपटकको श्रम समझदारी सकिन लागेकाले आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले नवीकरण गर्ने निर्णय गरेको हो ।

गणतन्त्र कोरिया नेपालको आकर्षक श्रम गन्तव्य हो । ईपीएस भाषा परीक्षा पास गरेर हरेक वर्ष नेपालीहरु काम गर्न कोरिया जाने गरेका छन् ।

मन्त्रिपरिषदको बैठकले श्रम नियमावली २०७५ स्वीकृत पनि गरेको सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।

 

Comments

comments

LEAVE A REPLY