पुस्प धिरेन्द्रको स्मृतिमा रत्तदान

 

कलम नेपाल

दमक ÷ ११ औं गणतन्त्र दिवसको अवसरमा पुस्प धिरेन्द्र स्मृति प्रतिस्ठानले झापा दमकमा रत्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिष्ठानले पुस्प धिरेन्द्रको स्मरणमा गणन्त्र घोषणा भएकै दिनमा रत्तदान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेतले दिएको जानकारी अनुसार दमक स्थित गणन्त्र चौक नजिकै रत्तदान गरिएको हो । कार्यक्रममा स्थानीय दर्जनौ सर्बसाधारणले सहभागिता जनाएका थिए ।

लोकतन्त्र स्थापनाका खतिर लड्दै गर्दा तत्कालिन शाही नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । त्यस पछि सेनाद्वारा पत्ता पारिएका पुस्प र धिरेन्द्रकाे अहिलेसम्म पत्तो लागेको छैन । लोकतन्त्र आएको ११ बर्ष बितिसक्दा समेत उनीहरुकाे अहिलेसम्म सरकारले खोजी गरेर यथार्थ बाहिर ल्याउन सकेको छैन।

पुष्प र धीरेन्द्र स्मृति प्रतिरष्ठान तत्कालीन राज्यद्वारा वेपत्ता पारिएका दमकका युवा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको नाममा स्थापना गरिएकाे संस्था हो। उनीहरु दुवै जना झापा दमक १ का भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका छोरा हुन्।

माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धका क्रममा उनीहरु दुवैलाई तत्कालीन शाही सेनाले गिरफ्तार गरी सेनाको भैरवनाथ गणवाट वेपत्ता वनाएको थियो। कार्यक्रममा ३८ जनाले सहभागिता जनाएका थिए ।  रेडक्रस साेसाईटी दमक उपशाखाकाे प्राविधिक सहयाेगमा भएकाे थियाे  ।

Comments

comments

LEAVE A REPLY