जन्मदिनको खर्च बटुकलाई सहयोग

कलम नेपाल ।
दमक .
महिला नेृत्री तथा शिक्षक दुर्गा खनाल काफ्लेले आफ्नो जन्मदिनको अवसरमा बटुकलाई सहयोग गरेकी छिन । दुर्गाले वरिष्ठ संस्कृत गुरुकुल बिधापिठ दमकका बटुकलाई सहयोग गरेकी हुन ।
दमक ४ मा रहेको उक्त बिधापिठलाई आवासीय रूपमा रहेर संस्कृत पढी रहेका बटुकहरूका लागि दुई थान पलङ्ग ,डसना र शैक्षिक सामाग्री काफ्लेले  अध्यक्ष राजेन्द्र भटराईलाई हस्तान्तरण गरेकी हुन ।
नेकपा एमाले झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय सदस्य समेत रहनु भएकी काफ्लेले ३२ जना बढुकहरुलाई एक दिनको खाना खर्च नगद ५ हजार रुपैयाँ समेत सहयोग गरेकी थिइन ।
उक्त कार्यक्रममा दमक नगरपालिकाको उपमेयर गीता अधिकारीले मानिसमा धन नभए पनि मन भए समाज सेवा गर्न सकिने बताइन ।


कार्यक्रममा पाणिनी मावि दमकका प्रधानध्यापक टिकाराम भण्डारी ,अध्यक्ष भट्टराई , कुलवंश प्रतिष्ठानका पूर्व केन्दीय अध्यक्ष शेर बहादुर भट्टराई लगायतले मन फराकिलो बनाउन सके समाजमा जुन सुकै काम पनि सम्भव हुने बताएका थिए ।

Comments

comments

LEAVE A REPLY