याेग शिविर प्रति अाकर्षण बढ्दाे

 

कलम नेपाल

दमक ÷ झापाको दमक २ मा सञ्चालन भएको एक महिने योग शिविरमा स्थानीयको आकर्षण बढेको छ ।

स्थानीय त्रिपुरेश्वर बिवालय मन्दिर संरक्षण समिति तथा त्रिपुरेश्वर कीर्तन मण्डलीले संयुत्त रूपमा आयोजना गरेको शिविरमा दैनिक एक सय भन्दा बढी मानिस सहभागी हुन थालेका छन् । सहभागी मध्ये अधिकांश स्थानीय महिलाहरू रहेको जनाइएको छ । योग शिविरमा आउन थालेपछि शरीरमा स्फूर्ति बढ्ने चङ्गा हुने भएकाले शिविर आउने गरेको स्थानीय मनामाया बस्नेत बताउनुहुन्छ ।

 

शिविरको सुरुवातीमा कमै मात्र मानिसले सहभागिता जनाए पनि पछिल्लो समय भने आर्कषण बढेको पाइएका छ । योग शिविरमा प्रशिक्षकको भूमिकामा रहनु भएकी झापा जिल्ला योग समितिकी कोषाध्यक्ष जमुना अधिकारी निरौलाका अनुसार दिनदिनै शिविरमा मानिसको सहभागिता बढ्दै गएको छ ।

योग प्राथमिक प्राकृतिक चिकित्सा उपचार प्रविधि भए पनि धेरैले यसलाई अवलम्बन गर्न नसक्दा रोगी भएर बाँच्नु परिरहेको छ । शरीर स्वास्थ्य भएमात्र सोच बिचार पनि स्वस्थ हुन्छ त्यसैले शरीर निरोगी राख्न सधैँ योग गर्न आवश्यक रहेको जमुनाको भनाइ छ ।

योग शिविरमा योग प्रमुख प्रशिक्षकको रूपमा योग गुरु भनेर चिनिनु भएका गङ्गा ढकाल तथा शान्ता ढकालको समेत प्रत्यक्ष सहभागिता रहेको छ । उहाहरुबाट नै प्रशिक्षण भइरहेको शिविर एक महिना सम्म चल्ने जनाइएको छ । गत ५  गतेदेखि सुरु भएको शिविर त्रिपुरेश्वर शिवालयको सभाहलमा चलिरहेको छ ।

 

Comments

comments

LEAVE A REPLY