पत्रकार मञ्चकाे अध्यक्षमा गदाल

 

कलम नेपाल ।

दमक , लामो समय देखि अन्योलमा रहेको पत्रकार मञ्च दमकको अध्यक्षमा मन कुमार गदाल निर्विरोध निर्वाचित भएका छन् ।

उनलाई मञ्चको चौथो अधिवेशनले चयन गरेको हो । यसै गरी उपाध्यक्षमा झगेन्द्र खड्का, , सचिवमा देशराज नेम्वाङ,   सह सचिवमा उमानाथ भण्डारी र कोषाध्क्षयमा कुसुम तामाङ चयन भएका छन् ।

उता सदस्य हरूमा क्रमशः गीता ढुङगाना , श्याम लम्साल , चेतन आङथुपो र धन बाहादुर थेबे चयन भएको निर्वाचन समितिका संयोजक गन्ज बाहादुर दाहाल जनाएका छन् ।

नव निर्वाचित अध्यक्ष गदालले सबै क्षेत्रको साथ सहयोग लिएर काम गर्ने बताए । मलाई सबैको साथ चाहिन्छ , सल्लाह लिन तयारछु र हाम्रो कार्यकाल सफल बनाउन प्रतिबद्धता व्यक्त गर्दछु गदालको भनाइ थियो । मेरो केही योजनाहरू छन् म यसलाई सबैको सहयोग पाए सफल बनाउन लाग्नेछु ।

कार्यक्रममा पत्रकार जन्य सङ्गठनका प्रमुख तथा पत्रकार माहासंघ प्रदेश १ सदस्य तिर्थ सिग्देल र बिमल लामिछाने , पूर्व मञ्चका अध्यक्ष भुपेन्द्र तिम्सिना लगायतले नव निर्वाचित समितिलाई शुभकामना व्यक्त गरेका थिए ।

निर्वाचन कार्य सफलता साथ सम्पन्न भएकोमा निर्वाचन संयोजक गंज बाहादुर दाहालले सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

Comments

comments

LEAVE A REPLY