ठेक्कामा लापर्वाही गर्ने तीन पक्राउ

कलम नेपाल

विराटनगर । नाला निर्माणमा लापर्वाही गरेको आरोपमा निर्माण कम्पनीका साइड मेनेजर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

६ लेनको ब्यापारिक मार्गको नाला निर्माणमा सिमेन्ट प्रयोग नगरी बालुवा र इट्टामात्र राखेको भेटिएपछि निर्माण कम्पनीका साइट प्रोजेक्ट मेनेजर रवि पन्तसहित तीन जनालाई प्रहरी शनिबार पक्राउ गरेको हो ।

टुण्डीरमण निर्माण सेवाले ६ लेनको सडकसँगै नाला निर्माणको ठेक्का लिएको थियो । तर, महेन्द्रचौक पश्चिम साइडको निर्माणधीन पक्की नाला निर्माणमा सिमेन्ट नहाली बालुवा र इट्टामात्र राखेको पाइपछि साइट प्रोजेक्ट मेनेजर पन्त, सुपर भाइजर दिनेश शाह र सडक कार्यालयका साइट सुपर भाइजर देवराज बराललाई नियन्त्रणमा लिइएको हो ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको आग्रहमा उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले जानकारी दिए ।

मेयर भीम पराजुलीसहितको टोलीले ६ लेनको सडक निर्माणको शनिबार अवलोकन गरेको थियो । त्यसक्रममा निर्माणधीन नालामा कमसल सामाग्री प्रयोग गरेको भेटिएको थियो ।

टुण्डीरमण निर्माण सेवाका प्रमुख कृष्ण बोहरा र कन्ट्रसन हेर्ने संजय राजतलाई प्रहरीले खोजी गरिरहेको छ  ।निर्माण कम्पनीलाई पटक पटक आग्रह गर्दा पनि अटेर गरेको मेयर पराजुलीले जानकारी दिए ।

Comments

comments

LEAVE A REPLY