नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन

 

कलम नेपाल

झापा । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान लगभग १ बजेर २० मिनेटमा हृदयघातबाट निधन भएको छ ।

५८ वर्षिय अधिकारीलाई उपचारका लागि बि एण्ड सी हस्पिटल पुर्याउँदा मृत भइसकेको घोषित गरेको थियो । अधिकारीले राती १ बजे छिमेकमा रहेका कुमार आचार्यलाई मोवाइल सम्पर्क गरेका थिए ।

तर, आचार्यको फोन उठेन । त्यसपछि उनलाई उपचारका लागि हस्पिटल लगिएपनि उपचार सम्भव नभएको बताइएको छ । भद्रपुर नगरपालिका १० लेखनाथचोक निवासी अधिकारीको बिर्तामोड स्थित महानन्दचोकमा बस्दै आएका थिए । अधिकारी तत्कालिन माओवादी केन्द्रको बिगत दश वर्षदेखि कार्यालय सचिव रहेका थिए ।

अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् । शालिन, भद्र र मिलनसार स्वभावका अधिकारी पार्टीमा काका उपनामबाट परिचित थिए । सवन्वयात्मक भूमिका निर्वाह गर्ने अधिकारीको निधनले पार्टीलाई ठूलो क्षति भएको नेकपा नेताहरुले बताएका छन् । उनका छोराहरु विदेशबाट आइनपुगेका कारण मङ्लबार मात्र दाहसंस्कारका लागि लगिने नेकपा झापाले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY