प्रदेश ४ मा प्रदेशसभाको पहिलो बैठक २२ गते आह्वान

प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठक माघ २२ गते बस्ने गरी प्रदेश कार्यालयले सूचना प्रकाशन गरेको छ। २२ गते ११ बजेलाई बैठक आहृवान गर्न सूचना प्रकाशन गरेको छ।

प्रदेश प्रमुखका सचिव देवीप्रसाद ज्ञवालीले आइतबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरी बैठक आह्वान गरेका हुन्। ज्येष्ठ सदस्य अर्थात अस्थायी सभामुख जनकलाल श्रेष्ठको अध्यक्षतामा बैठक हुनेछ।

पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभा बैठकस्थल र प्रदेशसभाको सचिवालय तोकिएको छ।

निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक डाक्नुपर्ने व्यवस्था छ। पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको प्रक्रिया सुरू हुनेछ।

प्रदेश ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक पद्धतिबाट गरी ६० जना प्रदेश सांसद छन्।

Comments

comments

LEAVE A REPLY