सडक निर्माणमा वडाध्यक्षको मनपरि

SAMSUNG CAMERA PICTURES

 

कलम नेपाल

मोरङ । रंगेली नगरपालिका ५ का वडा अध्यक्ष महानन्द मण्डल आमतोला स्थित निरन्जन मण्डलको घर अगाडिको सडक खन्ने विवादका बारेमा छलफल गर्न शनिबार अपराह्न प्रहरी साथ पुगेका थिए ।

उनले निरन्जनलाई भन्दै थिए, ‘म जहाँबाट भन्छु त्यतैबाट सडक खन्ने काम हुन्छ ।’ प्रहरीलाई देखाउँदै उनले भने, ‘सडक निर्माणको विषय लिएर हल्ला गर्नेलाई थुन्न लगाउँछु त्यसैले प्रहरी साथमै लिएर हिँड्छु ।’ निरन्जनले दुबैतर्फ जग्गा भएकाले एकतिरबाट सडक खन्न आग्रह गर्दै थिए तर उनको कुरो वडा अध्यक्ष मण्डलले सुनेनन् । सुरक्षाकर्मी र एक्जाभेटर सँगसँगै लिएर हिँड्ने वडा अध्यक्ष मण्डल जताजता जान्छ, उतैउतै सडक पनि जान्छ ।

वडा अध्यक्ष मण्डलले कुनै मापदण्ड नै नबनाई बिना डिजाइनको मनोमानी ढंगले सडक निर्माण गरिरहेकोबाट स्थानीयवासी पीडित भएका छन् । उनले आफ्ना समर्थक र आफन्तको घर र जग्गा नजिक अर्काको जग्गामा नै सडक खन्ने गरेकाले स्थानीयबासी पीडित भएका हुन् । उनका अनुसार सडकमा पर्ने घर तत्काल एक्जाभेटरले भत्काइदिने गरेको र त्यसको विरोध गर्नेलाई सँगै रहेको सशस्त्र र नेपाल प्रहरी लगाएर कारबाही गर्ने भन्दै तर्साउनुका साथै अभद्र व्यवहार गर्दै आएको स्थानीयको गुनासो छ ।

तत्कालीन आमगाछीका गाविस अध्यक्ष जितलाल मण्डलले वडाभरि अहिले भइरहेको सडक निर्माणले वडावासी आतंकित भएको गुनासो पोखे । ‘वडा अध्यक्ष मण्डलले मनपरी ढंगले आफू अनुकूल जथाभावी सडक खन्ने कार्यबाट वडावासी आतंकित भएका छन्,’ उनले भने, ‘वडा अध्यक्षले भनेअनुसार कसैको घर सडकमा परेपछि तत्काल एक्जाभेटर लगाएर भत्काइदिन्छ ।’ आफूलाई जनप्रतिनिधि भएर चलाएको अनुभव छ तर यस्तो तरिका जनताको दुस्ख दिने मात्रै भएको गुनासो पोखे । स्थानीय श्रीप्रसाद मण्डलको सडकको दुबैपट्टि जग्गा छ ।

एकापट्टि घर र अर्कोपट्टी खाली छ, खाली जग्गाबाट सडक खनेको भए सडक सीधा पनि हुन थियो तर व्यक्तिगत बैमनस्यताले घर नै भत्काएर सडक खनेको श्रीप्रसादले गुनासो पोखे । ‘वडा अध्यक्षले आफ्नो घर सामुन्ने ३० फिट सडक पुर्‍याउन घरमा एक फिट जाँदा घरै भत्काइदियो, उनले भने, ‘तर मेरो घरभन्दा दक्षिणमा रहेको उनको भिनाजु पर्नेको घर सामुन्नेमा २८ फिटमा नै सडक निर्माण गरेकोबाट भेदभाव प्रस्ट भएको छ ।’

यस्तै, स्थानीय संजय मण्डलको घर अगाडि १२ फिटको सडक नक्सामा कटेको र दुबैपट्टि ९र९ फिटको जग्गा लिएर सडक बनाउँदा पनि पर्खालसम्म आउने एक फिट बाँकी हुन थियो तर वडा अध्यक्षले पर्खाल नै भत्काएर सडक निर्माण गरेको गुनासो पोखे ।

उनले अहिलेका जनप्रतिनिधिले ५ वर्षमा आफ्नो ५र७ कठ्ठा जग्गा मासेरै सडक बनाउने देखिएको गुनासो पोखे । यस्तै, आफ्ना छिमेकी वडा अध्यक्षको समर्थक भएकाले मेरै जग्गामा सडक खनेर आफ्ना समर्थकलाई संरक्षण गरेको स्थानीय सुरेन्द्र मण्डलले बताए । यस्तै अवस्था वडाभरि रहेको छ । वडावासी नै वडा अध्यक्षबाट पीडित रहेको पाइयो ।

सुरेन्द्रले सडक निर्माणका लागि गोप्य रूपमा नै वडा अध्यक्षले आफ्ना मामाको छोरा अजयको नेतृत्वमा गठन गरेको गुनासो पोखे । उनले चैत २१ ग्ते वडा कार्यालयले दिउँसो १ वजे भेला बोलाएको तर बिहान ९ वजे नै उपभोक्ता समिति गठन गरेर गएको सुनाए । वडा अध्यक्षले गर्दै आएको बैमनश्यतापूर्ण कार्यको रंगेली नगर प्रमुख दिलिप अग्रवालले पनि समर्थन गर्दै आएको स्थानीयले गुनासो पोखे । वडा अध्यक्ष मण्डलले आफ्नोअनुकूल उपभोक्ता समिति गठन गरेको स्विकारे ।

Comments

comments

LEAVE A REPLY