बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का

कलम नेपाल
कैलाली । सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।
भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो । क्षतिको विवरण भने आएको छैन ।

Comments

comments

LEAVE A REPLY