पहिरोमा पुरिएर चालकको मृत्यू

कलम नेपाल
ताप्लेजुङ । ताप्लेजुङमा सडक खन्ने क्रममा पहिरो झरेर किच्दा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका खेजेनिममा स्काभेटर चालकको मृत्यू भएको छ ।

दुर्घटनामा पाँचथर हिलिहाङ गाउँपालिका २ धुसेनी का ३८ बर्षिय कृष्ण कटुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ पुरीएका उनको शव निकाल्ने प्रयास भइरहेको छ । शव निकाल्न अर्को स्काभेटर मेशिन घटनास्थल लगिएको छ । खोक्लिङ हुँदै गोला जोड्ने यो सडक खेजेनिम ५ वाट ३ जोड्ने क्रममा ४ नम्वर वडामा दुर्घटना भएको हो ।

Comments

comments

LEAVE A REPLY