वन्डरल्याण्डको नयाँ उपहार लेडिज जोन

झापाको दमक ४ मा रहेको वन्डरल्याण्ड

 

कलम नेपाल ।

दमक, तराईमा बढ्दै गरेको  गर्मीलाई छल्न मानिसहरू  शीतल तिर तानिने गर्दछन्। आज भोलि यस्तै गर्मी छल्ने राम्रो स्थानको रूपमा स्वीमिङ पुल भएको छ ।

गर्मी बढेसँगै झापाको दमक ४ मा रहेको वन्डरल्याण्ड मल्टि प्रपोज प्रालिले सञ्चालन गरेको स्वीमिङ पुलमा मानिसहरूको भिड हुने गरेको छ ।

केही दिनदेखि यहाँ दिनमा तीन चार सय जनाले पौडी खेल्ने गरेको मेनेजिङ डाइरेक्टर बिदुर लामा बताउछन।

अहिले मानिसको आर्थिक अवस्था धेरै माथि उठेसकेको छ । राम्रो सेवा सुविधा दिन  र ग्राहकलाई सन्तुष्टि दिलाउन सक्यो भने व्यवसाय सफल हुने लामाको भनाइछ । एकताका स्वदेशमा अवसर नदेखेर कोरिया पुगेर श्रम गरेका लामाले अहिले आफ्नो कम्पनीमा नै १७ जना स्थानीयलाई प्रत्यक्ष रूपमा रोजगारी दिन सकेको बताउछन ।

कोरिया रहँदा इभरल्याण्ड भन्ने स्थानमा आफूले काम गरेको र त्यहीबाट प्रभावित भएर वण्डरल्याण्ड प्रालि दर्ता गरेर पौडी खेल्न चाहनेलाई सुविधा दिन आफू लागि परेको लामाको भनाइछ ।

झापाको दमक ४ मा रहेको वन्डरल्याण्ड

पाँच वर्ष अघि स्थापना गरिएको वण्डरल्याण्डले स्वीमिङ खेल्ने स्थान निर्माण नगरिन्जल सम्म मानिस खोला नदी र पैनी पोखरीमा नै पौडी खेलेर चित्त बुझाउनु परेको थियो । पोखरी निर्माण गरिएसँगै यस क्षेत्रका बासिन्दालाई पौडीको नयाँ स्वाद चखाएको छ ।

एक पटकमा ४० जनासम्म खेल्न सक्ने क्षमता रहेको स्वीमिङ पुल बाहेक ससाना बालबालिकाकालागि किड्स स्वीङ र युवायुवतिकालागि एडल्ट स्वीमिङ निर्माण गरिएको छ । प्रालिले एकै स्थानमा पौडी खेल्ने देखि मिठो स्वादका रेस्टुरेन्ट समेत सञ्चालन गरेको एकाउन्टेन नगेन्द्र प्रसाद कोइरालाले जानकारी दिए।

  अब लेडिज जोन पनि

एडल्ट स्वीमिङबाट सुरु गरेको प्रालिले हरेक वर्ष यसलाई केही न केही विकास गरिँदै आएको बताइएको छ ।

गत वर्ष किड्स स्वीमिङ निर्माण गरिरएको थियो भने यस वर्ष उपहारका रूपमा अण्डरग्राउण्ड लेडिज जोन रहेको प्रोपाइटर लामाले बताए ।

वन्डरल्याण्डको नयाँ उपहार लेडिज जोन

महिलाले मात्र बसेर खाने स्थान हाल सम्म कुनै होटेलमा नभएकाले फरक टेस्टकालागि यो वर्ष हालै मात्र सञ्चालनमा ल्याइएको लेडिज जोन फरक विशेषता रहेको छ । लेडिज जोनमा पुरुष छिर्न नपाउने सुरक्षित रूपमा निर्माण गरिएको छ ।

Comments

comments

LEAVE A REPLY