गृहमन्त्री थापाको नजर धर्म प्रचार गर्ने एनजीओमा

????????????????????????????????????

कलम नेपाल ।
काठमाडौँ । राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ)को अनुगमन र नियमनमा अब कडाई गरिने भएको छ ।

गृहमन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला बालबालिका तथा जेष्ठ नागरीकमन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीचको बैठकले एनजिओ र आईएनजिओको गतिविधिमा निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित यसको नियमनलाई तीव्रता दिने निर्णय गरेको हो ।

हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयले समेत नियमन गरी रिपोर्ट पठाउने बैठकमा निर्णय भएको छ ।

धर्म प्रचार गर्ने एनजीओको दर्ता नविकरण नगर्ने

बैठकले एनजिओ र आईएनजिओका पदाधिकारीहरूको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाईपूवर्क लागु गर्ने निर्णय गरेको छ ।
धर्म प्रचार गर्ने एनजीओको दर्ता नविकरण नगर्ने निर्णय २४ जेठ, काठमाडौँ । सरकारले धर्म प्रचार गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था -एनजीओ/आईएनजीओ) दर्ता तथा नविकरण नगर्ने भएको छ ।

एनजीओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्ष निकाल्दै सरकारले नियमनमा कडाई गरिने बताएको छ । गृहमन्त्री रामबहादुर थापा बादल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीचको बैठकले नियमनमा कमजोरी औँल्याएको हो ।

बैठकले अब जिल्ला प्रशासन कार्यालयले समेत नियमन गरी रिपोर्ट पठाउने निर्णय गरेको छ ।

पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजीओ र आईएनजीओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र यो समयमा दर्ता नभए स्वतः खारेज गर्ने समेत निर्णय भएको छ ।

तर, भ्रष्टाचारमा संलग्न, राजनीतिक गतिविधिमा संलग्न हुने, धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आईएनजीओको समेत दर्ता नविकरण गरिने छैन ।

हाल ४७ हजार एनजिओ र दुई सय बढी आईएनजिओ दर्ता भए पनि धेरैको दर्ता नविकरण भएको छ ।

पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजिओ र आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधिमा दर्ता नभए स्वतः खारेज गर्ने समेत निर्णय भएको छ ।

हाल ४७ हजार एनजिओ र दुई सय बढी आईएनजिओ दर्ता भए पनि धेरै एनजिओहरुले वर्षौँदेखि दर्ता नविकरण गरेका छैनन् ।

यस्तै भ्रष्टाचारमा संलग्न, राजनीतिक गतिविधिमा संलग्न हुने, धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आईएनजिओको समेत दर्ता नविकरण नगर्ने निर्णय आजको बैठकले गरेको छ ।

बैठकले ७७ वटै जिल्लाबाट ती जिल्लामा सञ्चालित एनजिओ र आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

यस्तै समाज कल्याण परिषद्बाट सहमति लिएर गतिविधि गरिरहेका सबै सङ्घसंस्थाको विवरण पठाउन परिषद्लाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

बैठकमा महिला बेचबिखन रोक्नका लागि दुवै मन्त्रालयले सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

यस्तै समाज कल्याण परिषद्को भृकुटीमण्डपमा लगायतका क्षेत्रमा रहेको भवन तथा जग्गामा वर्षौँदेखि बसेका केही व्यवसायी एवम् सङ्घसंस्थाले भाडा बापतको रकम नतिरेको जानकारी परिषद्का पदाधिकारीले बैठकमा गराएपछि भाडा नतिर्नेहरुलाई हटाउन गृह मन्त्रालयले सहयोग गर्ने निर्णय भएको छ ।

अमेरिका तथा छिमेकी भारत र चीनमा समेत एनजिओ र आईएनजिओका गतिविधिमाथि अंकुश लगाईपनि नेपालमा भने यस्ता संघसस्था मौलाउँदै गएको छ ।

Comments

comments

LEAVE A REPLY