जुन १४ बाट सुरु विश्वकप खेलाइने विश्व कै उत्कृष्ट १२ रंगशालाहरु

 

कलम नेपाल

काठमाडौं। आगामी वर्ष रसियामा विश्वकप आयोजना हुँदैछ । विश्वकप नजिकिँदै गर्दा सुरक्षाको विषय पनि तीव्रताका साथ उठिरहेको हुन्छ । विभिन्न कुराहरू सञ्चारमाध्यममा आईरहेको बेला विश्वकप आयोजना हुने रंगशालाको अवस्था कस्तो छ त

रसियाले विश्वकपको लागि रंगशालाको तयारी कसरी गरिरहेको छ र कति दर्शक क्षमता तथा कस्तो प्रविधियुक्त मैदान बन्दैछ रु यो निकै महत्वपूर्ण कुरा हो । सन् २०१८ को जुन १४ देखि जुलाई १५ तारिखसम्म रसियाको विभिन्न ठाउँमा हुने विश्वकपको मैदान निर्माणमा पछिल्लो समयमा निकै तीव्र गतिमा काम भैरहेको छ ।

रसियाले १२ वटा रंगशालामा विश्वकप आयोजना गर्दैछ । विश्वकपका लागि भनेर रसियाले ५ वटा नयाँ रंगशाला निर्माण गरेको छ भने बाँकी रंगशाला पनि पुनर्निर्माण र बिस्तार गरेको छ ।

यस्ता छन् सन् २०१८ को विश्वकप आयोजना हुने रंगशाला

          लजनिकी रंगशाला

यो रंगशाला रसियाको सबैभन्दा ठूलो रंगशाला हो । रसियाको राजधानी मस्कोमा अवस्थित यो रंगशाला बनाउन करिब ३५० मिलियन यूरो लागत लागेको थियो । यो रंगशाला विश्वकपलाई लक्षित गर्दै अझै पुनर्निर्माण भई रहेको छ ।

यो रंगशालामा ८१ हजार दर्शक क्षमता रहेको छ ।

               क्रेस्टोस्की रंगशाला

रसियाको यो दोस्रो ठूलो रंगशाला हो । यो रंगशालामा विश्वकपको तयारीको रुपमा सम्पन्न भएको कन्फिडेरेशन कपको फाइनल र केही समूह चरणको खेल सम्पन्न भएको थियो । सेन्ट पिटर्सबर्गमा रहेको यो मैदान सुविधा सम्पन्न रंगशाला हो ।

यो क्रेस्टोस्की रंगशालाको दर्शक क्षमता ६८ हजार १ सय ३४ रहेको छ । विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयार भईसकेको छ ।

ओक्रिटाई एरिना

रसियाको राजधानी मस्कोको टुसिनो शहरमा अवस्थित ओक्रिटाई एरिना रंगशाला निकै आकर्षक डिजाइनमा बनेको छ । करिब ४३० मिलियन अमेरिकन डलर यो रंगशाला निर्माणमा लागेको छ ।

२०१४ देखि खुला भएको यो रंगशालाको दर्शक क्षमता ४५ हजार ३ सय ६० रहेको छ । यो विश्वकप फुटबलको लागि पूर्णरुपमा तयारीमा रहेको रंगशाला हो ।

कैलिनिन्ग्राद रंगशाला

 

रसियाको कैलिनिन्ग्रादमा रहेको यो रंगशाला विश्वकपको लागि भनेर नै निर्माण गरिएको हो । विश्वकपमा यो रंगशालाको दर्शक क्षमता ३५ हजार २ सय १२ भए पनि विश्वकपपछि भने २५ हजारको हुनेछ ।

अहिले यो रंगशाला निर्माणको कार्य तिब्र गतिमा भई रहेको छ ।

कजान एरिना

यो रंगशाला रसियाको कजानमा अवस्थित छ । यो रंगशाला २०१३ सालमा खुला भएको हो । करिब ४५ हजार ३ सय ७९ दर्शक क्षमता रहेको छ ।

विश्वकपको लागि यो रंगशाला पूर्णरुपमा तयारी अवस्थामा रहेको छ ।

निजेनी नोव्रोड रंगशाला

निजेनी नोव्रोड रंगशाला निर्माणाधीन अवस्थामा छ । विश्वकपलाई लक्ष्य गर्दै निर्माण कार्य थालिएको यो रंगशालाको काम तिब्र गतिमा भई रहेको छ । ४४ हजार ८ सय ९९ दर्शक क्षमता रहने यो रंगशाला उच्च प्रविधियुक्त हुनेछ ।

कोसमोस एरिना

कोसमोस एरिना रंगशाला रसियाको समरा भन्ने ठाउँमा छ । करिब ३२० मिलियन डलर लागतमा निर्माणाधिन अवस्थामा रहेको यो रंगशाला निकै आकर्षक बन्नेछ । करिब ४४ हजार ९ सय १८ दर्शक क्षमता यो रंगशालाको हुनेछ । विश्वकपलाई लक्षित निर्माण गर्दै गरेको यो नयाँ रंगशाला हो ।

बोल्गोग्राड एरिना

बोल्गोग्राडमा निर्माण भई रहेको बोल्गोग्राड एरिना रंगशालाको निर्माणको कार्य तिब्रगतिमा भई रहेको छ । यो रंगशालाको दर्शक क्षमता करिब ४५ हजार ५ सय ६८ रहेको छ ।

मोर्डोभिया एरिना

मोर्डोभिया एरिना रंगशाला रसियाको सरान्स्क भन्ने स्थानमा रहेको छ । करिब ३०० मिलियनमा निर्माण भएको यो रंगशाला नयाँ हो । यहिवर्ष निर्माण सम्पन्न भएको यो रंगशाला निकै आकर्षक तरिकाले बनाएको छ ।

मोर्डोभिया एरिना रंगशालाको दर्शक क्षमता ४४ हजार ४ सय ४२ रहेको छ ।

रोस्टोभ एरिना

रोस्टोभ एरिना यो रंगशाला पनि नयाँ हो । करिब ४५ हजार दर्शक क्षमता रहेको यो रंगशालाको निर्माण काय सकिएको छ ।

फिस्ट ओलम्पिक रंगशाला

 

रसियाको सोचीमा अवस्थित यो फिस्ट ओलम्पिक रंगशाला लागतको हिसाबले पनि निकै महंगो रंगशाला हो । सन् २०१३ सालमा निर्माण सम्पन्न भएको यो रंगशाला ४७ हजार ६ सय ५९ जना दर्शक क्षमता छ । तर, आगामी वर्षको विश्वकपपछि भने यो रंगशालाको क्षमता ४० हजार हुनेछ ।

यो रंगशाला निर्माणका लागि करिब ७७९ मिलियन डलर लागेको छ ।

सेन्ट्रल रंगशाला

रसियाको एकाटरिनबर्गमा अवस्थित रहेको यो सेन्ट्रल रंगशाला निकै पुरानो रंगशाला हो । सन् १९५७ मा बनेको यो रंगशाला पटक पटक पुनर्निर्माण हँुदै आएको छ । विश्वकपको लागि लक्षित गर्दै सन् २०१४ देखि निर्माण कार्य थालिएको छ ।

विश्वकपको लागि भनेर दर्शक क्षमता पनि बढाईको छ । करिब ३५ हजार ६ सय ९६ जना दर्शक क्षमताको विश्वकपमा ह्नेछ । विश्वकपपछि भने यो रंगशालाको दर्शक क्षमता २३ हजारको हुनेछ ।

आगामी १४ जुन २०१८ बाट रुसमा सुरु हुन गैरहेको विश्वकप फुटबलका लागि २३ देश छनोट, पहिले विश्वकप खेलेका ७ राष्ट्र छनोट चरण मै फालिए – कुन कुन राष्ट्र छनौट भए ।

काठमाडौँ, २९ असोज । आगामी बर्ष २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म २३ देश छनोटमा परेका छन् भने यसअघि विश्वकप खेलेका ७ राष्ट्र छनोटमै फालिएका छन् ।

युरोपबाट १० राष्ट्र

अब हुने विश्वकप फुटबल खेलका लागि आयोजक राष्ट्र रुस सहित युरोपका १० राष्ट्र सहभागी हुने पक्का भएको छ । युरोपबाट आयोजक राष्ट्र रुस, जर्मनी, बेल्जियम, इंग्ल्याण्ड, स्पेन, फ्रान्स, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल र सर्विया रहेका छन् ।

दक्षिण अमेरिकाबाट ४ राष्ट्र

अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म दक्षिण अमेरिकाका ४ राष्ट्रले आफ्नो स्थान सुरुक्षित गरेका छन् जसमा ब्राजिल, अर्जेन्टिना, कोलम्बो र उरुग्वे रहेका छन् ।

अफ्रिकाबाट २ देश छानिए

अब हुने विश्वकप फुटबल खेलका लागि अहिलेसम्म अफ्रिकाबाट २ राष्ट्र छनोट भएका छन् जसमा नाइजेरिया र इजिप्ट रहेका छन् ।

पानामा पहिलो पटक विश्वकपमा

विश्वकप फुटबल २०१८ का लागि अहिलेसम्म कन्काकाफबाट ३ राष्ट्र छनोट भएका छन् जसमा मेक्सिको, कोस्टारिका र पानामा रहेका छन् । यी तीन देश मध्ये पानामाले पहिलो पटक विश्वकपको यात्रा तय गरेको छ । छनोट खेलमा पानामा विश्वकप २०१८ मा छानिएको हो । छनोटको अन्य खेलमा पानामा र होन्डुरस विजयी भएपछि अमेरिका बाहिरिएको हो । पानामाले छनोट भइसकेको कोस्टारिकालाई २–१ ले पराजित गर्दा शीर्ष स्थानको मेक्सिको होन्डुरससँग ३–२ ले पराजित भएको थियो । यस नतिजापछी पानामा तेस्रो स्थान कब्जा गर्दै स्वतः छनोट भएको हो ।

एसियाबाट ४ देश छानिए

एसियाबाट विश्वकप २०१८ का लागि ४ देश छनोट भएका छन् । एसियाका इरान, जापान, साउदी अरेविया र दक्षिण कोरिया विश्वकपमा छनोट भएका हुन् ।

कुन(कुन देश बाहिरिए रु

त्यस्तै विश्वकपमा छनोट नभएका राष्ट्रहरुमा नेदरल्यान्ड्स, वेल्स, चिली, अमेरिका, घाना, चीन र इराक रहेका छन् ।

नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

काठमाडौँ । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।

कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताउनुभयो ।

उहाँले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्ने बताउनुभयो ।

कोक खाम रसिया जाम भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ । यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ ।

उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ । यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने आयोजकको भनाइ छ । रासस

Comments

comments

LEAVE A REPLY