सुन काण्डका अभियुक्त अग्रवालको घरमा छापा मार्दा के के भेटियो

सुन काण्डका अभियुक्त अग्रवालको घर

 

कलम नेपाल,

काठमाडौँ । सुन तस्कर एमके भन्ने मोहनकुमार अग्रवालको घरमा छापा मार्दा ३० लाख नगदसहित केही सुन भेटिएको छ ।

कालिकास्थानस्थित ताला लगाइराखेको अग्रवालको घरमा शुक्रवार सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानबिन समितिले छापा मार्दा नगदसहित केही थान सुनका बिस्कुट, ठुलो परिमाणका चाँदीका बिस्कुट र सिक्का बरामद गरेको हो ।

त्यस्तै अग्रवालको घरबाट दर्जनौँ बैङ्कका चेकसहित कागजपत्र, १२ वटा गाडीका चाबी, एउटा गाडी, केही ल्यापटप र कम्प्युटर बरामद गरेको समितिका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

यस्तै सुन बोक्न प्रयोग हुने ज्याकेट ३ थान समेत बरामद गरेको बताइएको छ । छापा मारेपछि अग्रवालको घरमा समितिले अर्को नयाँ ताल्चा लगाएको छ ।

गत फागुन ९ गते भित्रुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको भन्दै समितिले छापा मारेको हो ।

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणपछि स्थायी घर धरान भएका अग्रवाल फरार छन् ।

Comments

comments

LEAVE A REPLY