डा. उपेन्द्रको पुर्खौली घरको पीढिमा बस्ने र धाराको पानी खाने इच्छाको लागी गोरखा लगियो

फाइल तस्वीर

कलम नेपाल ।

२६ जेठ, काठमाडौं । डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए । जसआनुसार जन्मथलो गोरखा लगिएको छ ।
गोरखा लगेर केहीबेरमै फर्काइने डा. तारा अधिकारीले जानकारी दिए ।
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई उनकै इच्छाअनुसार जन्मथलो लैजान लागिएको हो । हेलिकोप्टरबाट बोहोरा गाउँ पुर्‍याइनेछ र पुर्खौली घरमा केहीबेर राखिनेछ ।

पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा. उपेन्द्रलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ ।

Comments

comments

LEAVE A REPLY