गुन्डा नाइके अशोक लामामाथि इन्काउन्टर

 

कलम नेपाल

काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएन पार्क गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ ।

मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।

लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।  गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।

उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो ।

Comments

comments

LEAVE A REPLY