ओली र दाहालबीच चार घण्टा छलफल

काठमाडौँ — नयाँ सरकार गठन, पार्टी एकतालगायत विषयमा आइतबार एमाले अध्यक्ष केपी ‌ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।

ललितपुरको मानभवनमा झन्डै चार घण्टाको भेटवार्तामा सरकार गठन, पार्टी एकता र राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार सबै विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गर्न दुवै नेता सहमत भएका छन्।

बिहान १० बजेदेखि चलेको दुई शीर्ष नेताको छलफल सकारात्मक रहेको बताइएको छ। सरकार गठनअघि पार्टी एकता गर्ने तयारी एमाले र माओवादीको छ।

Kantipurdaily

Comments

comments

LEAVE A REPLY