सुनकाण्डः छ वटा बाजेको सेकुवामा शिलबन्दी

कलम नेपाल

काठमाडौँ — ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्याको घटनाको छानबिनको क्रममा गृहमन्त्रालयको छानबिन समितिले काठमाडौ‌ उपत्याकाका विभिन्न ६ स्थानमा रहेको बाजेको सेकुवामा शिलबन्दी गरेको छ । समितिले रेस्टुरेन्ट सञ्चालक चेतनाथ चेतन भण्डारीको पनि संगठीत सुन तस्करीमा संलग्न रहेको र तस्करीबाट आर्जित रकम रेस्टुरेन्टमा प्रयोग भएको दाबी छ ।

सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ। सुन तस्करी काण्डमा भण्डारी फरार प्रतिवादी हुन्।

भण्डारी तस्करी गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन्। भण्डारी उप्रेतीका भान्जा नाता पर्छन्। समितिका एक सदस्यले कान्तिपुरसँग कुराकानी गर्दै भने, अदालतको आदेश अनुसार शिलबन्दी गरिएको हो।

बाजेको सेकुवा नाममा भण्डारीको स्वामित्व रहेका ५ वटा र उनका सालो सञ्चालक रहेको एउटा गरी ६ वटा होटलमा अनुसन्धान समितिले कारोबार रोक्का गर्दै शिलबन्दी गरेको छ। उपत्यकामा बाजेको सेकुवा नामका १० वटा होटल सञ्चालनमा छन्।

Comments

comments

LEAVE A REPLY