दमकका मेयर अाेली चढ्ने गाडीमा शक्तिशाली बम फेला

 

कलम नेपाल

दमक  । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओली चढेको गाडीमा चुम्बक जडान गरिएको शक्तिशाली बम फेला परेको छ ।

मेयर ओलीले प्रयोग गर्ने दमक नगरपालिकाको बा २ झ २९४९ नम्बरको गाडीमा बम फेला परेको हो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दीपक गिरीका अनुसार बुधवार साँझ अन्दाजी साढे ६ बजे तिर गाडीको छतमा काटुनको बाकस भित्र बम फेला परेको थियो ।

कुदिरहेको गाडीको छतमा नाटकीय ढङ्गले काटुनमा भित्र चुम्बक जडान गरिएको बम फालिएको जनाइएको छ । यसरी फालिएको बम तत्काल थाहा नभएको जनाइएको छ । मेयर ओली साँझ नगरपालिकाको काम सकेर घर पुगेपछि छतमा काटुन देखेपछि खोजतलास भएको थियो ।

कार्टुनको बाकसमा के छ भनी चढेर हेर्दा गह्रौँ बस्तु प्लाष्टिककमा बेरेको अवस्थामा फेला परेको थियो । त्यसपछि शङ्का लागेर ओलीको घरमा सुरक्षार्थ खटिएका सुरक्षा कर्मीले तत्काल गाडीबाट निकालेको जनाइएको छ । गाडीमा निकालिएको बस्तु बम भएको हुनसक्ने आशङ्कामा रातभरि सुरक्षित स्थानमा राखेर राखिएको थियो । यस पछि बिहीबार बिहान सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको थियो ।

जिल्लाकै कमल गाउँपालिका स्थित २१ नम्बर बाहिनीबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । सुरक्षा स्रोतका अनुसार धातुको करुवा भित्र दुईवटा डेटोनेर राखेर तयार गरिएको थियो । करुवा भित्र करिब एक किलो जति एक्प्लोसिभ नामको बिस्फोटक पदार्थले भरिएको थियो । बम बनाइएको करुवाको बाहिर पट्टि चुम्वक समेत जडान गरिएको थियो ।

सेनाले दुई पटक डिस्पोज गर्दा समेत उक्त बम डिस्पोज नभएपछि अन्त्यमा जुटको बोरामा हालेर आगो लगाइ तताएर डिस्पोज गरेको थियो । निक्कै ठुलो आवाज सहित डिस्पोजल गरिएको बम शक्तिशाली रहेको जनाइएको छ । मेयर ओली चढ्ने घडीमा का कसरी र कसले बम राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको सुरक्षा स्रोतको दाबी छ ।

गोप्य स्रोतका अनुसार अफिसबाट घर फर्कँदै गर्दा दमक ५ स्थित निवास नजिकै वेलडाँगी रोडको घुम्तीमा अगाडी अचानक एउटा मोटर साइकलले बाटो काट्ने अवस्था बनाएर अवरोध गरेको थियो । यसै वेला गाडीको पछाडिबाट अज्ञात समूहले चुम्वक समेत जडान गरिएको बम गाडीको छतमा फालिएको हुनसक्ने चालकको अनुमान रहेको छ । यति नै वेला केही आवाज समेत आएको जनाइएको छ । कुदिरहेको गाडीको छतमा पछाडिबाट फाल्दा भुइमा खस्न नपाओस् भनेर चुम्वक जडान गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस अघि स्थानीय चुनावको समयमा समेत ओलीको घरको पर्खालमा अज्ञात समूहले बम राखेको थियो । यस पछि ओली निवासमा नियमित सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् ।

तत्कालीन झापामा राजनीतिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओली बस्ने गर्नुभएको थियो । यही घरमा हाल दमक नगरपालिकाका मेयर रोमनाथ ओली बस्दै आउनु भएको छ । गत चुनावमा प्रधानमन्त्री केपी शर्मा ओली यही घरमा बसेर चुनाव प्रचारप्रसार गर्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY