विश्वकपमा आज काे काे भिड्दैछन्

 

कलम नेपाल

एजेन्सी । रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समुह ई को पहिलो खेलमा सर्वियाले कोष्टा रिकाको सामना गर्नेछ ।

यो खेल नेपाली समय अनुसार बेलका पौने ६ बजे सामरा शहरको सामरा एरिनामा हुनेछ । आज हुने दोस्रो खेलमा जर्मनीले मेक्सिकोको सामना गर्नेछ ।

चार पटकको विश्व विजेता जर्मनी र लेटिन अमेरिकी मुलुक मेक्सिकोबीचको खेल मस्कोको लुझ्निकी रंगशालामा वेलुकी पौने ९ बजे सुरु हुनेछ ।

आजै राति पौने १२ बजे रोस्तोभ एरिनामा ब्राजिल र स्विट्जरल्याण्ड भिड्नेछन् । पाँच पटक विश्वकपको उपाधि उचाल्दै विश्वकप फुटबलको सर्वाधिक सफल टोली बनेको ब्राजिललाई यसपटक पनि मुख्य दावेदार मानिएको छ ।

फिफा वरियताको छैटौं स्थानमा रहेको स्विट्जरल्यान्ड र दोस्रो स्थानमा रहेको ब्राजिलबीचको खेल पनि प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

विश्वकप प्रिभ्यू ८० वर्षदेखि शुरुवाती खेलमा अपराजित ब्राजिल, जर्मनीबिरुद्ध जीतविहीन मेक्सिको

। विश्वकप फुटबलको चौँथो दिन आइतबार ३ वटा खेलहरु हुँदैछन् । पहिलो खेलमा कोस्टारिका र सर्बिया, दोस्रोमा जर्मनी र मेक्सिको तथा अन्तिम खेलमा ब्राजिल र स्वीटजरल्याण्ड भिड्दैछन् ।

यी टोलीहरुमध्ये ब्राजिल एक्लो टोली हो जसले सबै विश्वकप खेलेको छ । र, पछिल्लो ८० वर्षमा विश्वकपको कुनै पनि शुरुवाती खेलमा पराजित भएको छैन । उता, साबिक विजेता जर्मनीले विश्वकप १९ पटक खेलेको छ । यो प्रतियोगिता उसको लागि लगातार सत्रौँ प्रतियोगिता हुनेछ ।

               यस्तो छ आजको तालिका

१ कोस्टारिकबिरुद्ध सर्बिया समूह ई – समारा एरिना – साँझ ५ः४५ बजे

२। जर्मनीबिरुद्ध मेक्सिको समूह एफ – लुझनिकी स्टेडियम – राती ८ः४५ बजे

३ ब्राजिलबिरुद्ध स्वीटजरल्याण्ड समूह ई– रोस्तोव एरिना – राती ११ः४५ बजे ब्राजिल ४८ वर्षदेखि समूह चरणको खेलमा अपराजित

ब्राजिल र स्वीटजरल्याण्ड यसअघि विश्वकपमा मात्र एक पटक भिडेका छन् । सन् १९५० मा भएको खेल २–२ को बराबरीमा सकिएको थियो । ब्राजिलले हालसम्म सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जितेको छ । त्यस्तै, पछिल्लो १२ वर्ष समूह चरणको खेलहरुमा ऊ अपराजित रहेको छ ।

ब्राजिलले पछिल्ला शुरुवाती १८ मध्ये १८ खेल जितेको छ । अन्तिम पटक सन् १९३४ मा ब्राजिल विश्वकपको पहिलो खेलमा स्पेनसँग ३–१ गोलअन्तरले पराजित भएको थियो । नयाँ प्रशिक्षक टिटेको नेतृत्वमा ब्राजिलले पछिल्ला २१ खेलमध्ये एकमा मात्र हारको सामना गरेको छ ।

उता, स्वीटजरल्याण्ड अहिलेसम्म सन् २००६ को समूह चरणमा मात्र शीर्ष स्थानमा रहन सफल भएको छ । विश्वकपमा स्वीटजरल्याण्डको यो ११ औँ उपस्थिति हो । विश्वकपमा स्वीटजरल्याण्डले ३३ खेलमा ११ मात्र जीत हासिल गरेको छ भने ६ खेल बराबरीमा सकिएको छ ।

कोस्टारिका ४ मध्ये ३ शुरुवाती खेलमा विजयी कोस्टारिक र सर्बिया यसअघि एकपटक पनि विश्वकपमा आमने सामने भएका छैनन् । कोस्टारिका पाँचौ पटक विश्वकपमा खेल्दैछ । यो टोली सन् १९९० र २०१४ मा नकआउट चरणसम्म पुग्न सफल भएको थियो ।

त्यस्तै, उसले हालसम्म विश्वकपको चार मध्ये तीनवटा शुरुवाती खेलमा जीत हासिल गर्न सफल भएको छ । सन् २००६ मा ऊ जर्मनीसँग ४–२ गोलअन्तरले पराजित भएको थियो । फिफा वरियतामा २५ औँ स्थानमा रहेको कोस्टारिकाले ट्रिनिडाड एण्ड टोबागो र अमेरिकालाई हराउँदै विश्वकपको यात्रा तय गरेको हो ।

जर्मनीबिरुद्ध जीतविहीन मेक्सिको

यता, जर्मनी र मेक्सिको विश्वकपमा चौथो पटक भिड्दैछन् । तर, पछिल्लो तीन भिडन्तमा जर्मनी अपराजित रहेको छ ।हालसम्म दुई टोली सबै प्रतियोगितामा ११ पटक आमने सामने भएका छन् जसमा मेक्सिकोले एकमा मात्र जीत हासिल गरेको छ ।

पछिल्लो पटक कन्फेडरेशन कपमा दुई टोली भिड्दा जर्मनी ४–१ ले विजयी भएको थियो । जर्मनी पछिल्ला ७ विश्वकपमा आफ्नो शुरुवाती खेल जितेको छ । यता, मेक्सिको पनि पछिल्लो पाँच विश्वकपमा आफ्नो शुरुवाती खेलमा अपराजित रहेको छ ।

Comments

comments

LEAVE A REPLY