ट्युनिसिया र बेल्जियमको दाउ यस्तो

 

कलम नेपाल ।

विश्वकप फुटबलको पहिलो खेलमा आज बेल्जियम र ट्युनिसिया भिड्दैछन्। पहिलो खेलमा पानामालाई ३ – ० ले हराएको बेल्जियम ट्युनिसयालाई पराजित गरेर नकआउट चरण प्रवेश गर्ने दाउमा छ।

अर्कोतर्फ ट्युनिसिया बेल्जियमलाई पराजित गरेर आफ्नो दोश्रो चरण प्रवेश गर्ने सम्भावना कायमै राख्न चाहान्छ। समुह चरणको पहिलो खेलमा ट्युनिसिया इङ्ग्ल्याण्डसँग २ – १ गोलअन्तरले पराजित भएको थियो।

बेल्जियम र ट्युनिसिया यसअघि चार पटक आमने सामने भएका छन्। जसमध्ये २ खेल बराबर भएको थियो। दुवै राष्ट्र एक एक खेलमा विजयी भएका थिए।

अन्तिमपटक सन् २०१४ को मैत्रिपूर्ण खेल बेल्जियमले जितेको थियो। त्यसअघि सन् २००२ को विश्वकमा बेल्जियम र ट्युनिसियाले १ – १ को बराबरी खेलेका थिए।

विश्वकपका पछिल्ला १२ खेलमा लगातार पराजय भोगेको ट्युनिसया यसपटक जीत निकाल्न चाहन्छ। इङ्ग्ल्याण्डलाई कडा टक्कर दिएको ट्युनसियाको टोलीमा त्यो क्षमता छ। बेल्जियमका कोच रोबर्टो मार्टिनेजले ट्युनिसियाको टोलीलाई ‘फेक्सिबल र डाइनामिक’ भएको संज्ञा दिएका छन्। उनले ट्युनिसयाले खेललाई सरप्राइज दिन सक्ने बताएका छन्।

यद्यपि उनले बेल्जियमले पानामासँगको भन्दा ट्युनिसयासँग राम्रो खेल खल्ने दावी गरेका छन्। ट्युनिसियाका कोच नबिल मेयालुयलले आफ्नो टोली पहिलो खेलको हारका कारण दबाबमा रहेको बताएका छन्। उनले बेल्जियम राम्रो टोली रहेको इडन हाजार्डले मिडिफिल्डमा राम्रो खेल खेल्ने बताए। तर बेल्जियमलाई रोक्न केही खेलाडी परिवर्तन गर्ने जनाएका छन्।

बेल्जियम विश्वकपको पछिल्लो १० खेलमा अपराजित छ। उसले सबै गोल खेलको दोश्रो हाफमा गर्दै आएको छ। पानामा विरुद्ध तीन वटै गोल बेल्जियमले दोश्रो हाफमा गरेको थियो।

मिडफिल्डमा इडन हाजार्ड र फरवार्डमा रोमेलु लुकाकु ट्युनिसया विरुद्ध भारी पर्न सक्छन्। लुकाकुले पछिल्लो १० अन्तराष्ट्रिय खेलमा मात्र १५ गोल गरिसकेका छन्। पानामा विरुद्ध उनले २ गोल गरेका छन्। बेल्जिमयले पानामा विरुद्ध राम्रो खेल उत्कृष्ट नभएपनि स्टार खेलाडीका कारण गोल गरेको थियो। ट्युनिसिया विरुद्ध पनि बेल्जियमका स्टार खेलाडी भारी पर्न सक्नेछन्।

ट्युनिसयाले आज डिफेन्सिभ खेल्ने र काउन्टरमा गोल गर्ने रणनीति बनाएको छ। आज बेल्जिमयलाई रोकेर पानामा विरुद्ध जीत निकाल्ने रणनीतिमा ट्युनिसिया रहेको छ। त्यस्तोमा इङ्गल्याण्ड र बेल्जिमयको खेल ट्युनिसियाका लागि निर्णायक बन्नेछ। आजको खेल गुमाए ट्युनिसिया विश्वकपको छनौट चरणबाट बाहिरिने छ। बेल्जियम एक खेल अघि नै नकआउट चरणका लागि छनौट हुनेछ।

Comments

comments

LEAVE A REPLY