चीन भ्रमण पुरा गरी प्रधानमन्त्री आज फर्कर्दै

 

कलम नेपाल

काठमाडौं । छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्कदैँछ ।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमडल आइतबार बिहान साढे १० बजे काठमाडौं ओर्लने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल तिब्बतबाट सिधैं काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिनिधि मण्डलले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतका उच्च राजनीतिक भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा केरुङ्ग–काठमाडौं रेलवे कनेक्टिभिटीमा सहकार्य, नेपालले कार्गो यातायताका लागि तिब्बतीयन राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल, तातोपानी र रसुवामा मितेरी पुल पुननिर्माण, उर्जा, आर्थिक, प्राविधिक लगायत विषयमा समझदारी भएको थियो ।

त्यसक्रममा राष्ट्रपति सीको उपस्थितिमा चिनियाँ निजी क्षेत्रसँग ९ र प्रधानमन्त्री लीसँग १४ बुँदे सहमति भएको थियो ।प्रधानमन्त्रीको टोलीमा ओली पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठलगायत छन् ।

Comments

comments

LEAVE A REPLY