बर्षाले तराइमा सर्पदंसका बिरामी बढे

 

टीकाराम उप्रेती

कलम नेपाल

झापा १२ असार  । बर्षाले तराइका जिल्लामा जमिन डुवान हुन थालेपछि सर्पदंशको जोखिम उच्च भएको छ ।

पूर्वी तराइका जिल्लामा भारी बर्षा भएपछि सर्पदंशका बिरामीको संख्या ह्रवात्तै बढेको हो । बिगत बिस बर्षदेखि सर्पदंशको उपचार गर्दै आएको रेडक्रस उशाखा दमकको सर्पदंस उपचार सेवाका प्रमुख देवीप्रसाद भण्डारीका अनुसार केही बर्षा सुरु भएपछि बिरामीको सख्या बढेको छ ।

गत शुक्रवारदेखि नै जिल्लामा भारी बर्षासुरु भएपछि सर्पदंशका बिरामी दैनिक १० जनाभन्दा वढी आउने गरेका छन् । शनिबार र आइतबार मात्र यो शाखामा दश÷ दश जनाले उपचार लिएका छन् । यस्तै सोमबार मध्यान्ह्र सम्ममा चारजना बिरामी आइसकेका छन् ।

बर्षाले तराइको जमिन डुवान भएपछि सर्पको बासस्थान प्रभावित भइ बाहिर निश्कने गर्दछ । पानीबाट बाहिर निश्किएर ओभानो लुक्ने स्थानको खोजि गर्दै जाँदा मानिसको घर, ग्वाली, पर्खाल, ओछ्यान तथा भाडाकुढा र धान, चामल राख्ने भण्डारमा समेत बस्ने गरेको पाइन्छ । जसले गर्दा मानिसले आफ्नो काम गर्दा अचानक सर्पको टोकाइमा पर्ने गरेको घट्ना धेरै छन् ।

मोरङको हसनदह निवासी ५२ बर्षका बेनुप्रसाद सुवेदीलाई शनिबार साँझ माँचबाट पराल तान्ने क्रममा सापले टोक्यो । दमकमा उपचार गराई रहनु भएका सुवेदी जस्तै सोही जिल्लाको उर्लाबारी नगरपालिका कुल बहादुर बस्नेत साँझ बाटोमा सितल खान हिड्दै गर्दा सर्पले टोक्यो उहा पनि दमकमा नै उपचार गराइरहनु भएको छ ।

उहाँहरु जस्तै अधिकांशलाई खेतको काम गर्दा, साँझ हिँडडुल गर्दा, राती ओछ्यानमा सुतेकै स्थानमा टोकेका घट्ना धेरै हुने गरेको सर्पदंश सेवाको प्रमुख भण्डारीको अनुभव छ । गर्मी बर्षाको समय सुरुसँगै तराइमा बिशालु सर्पदंशका बिरामीको सख्या समेत बढ्ने गरेको तथ्याङकमा देखिएको छ ।

तराईमा पाइने विषालु तीन जातका गोमन, पाँच जातका करेत, हरेउ जातको सर्प पाइने गरेका छन् । खासगरि झापा आसपासका क्षेत्रमा तीन जातीका गोमन, छ जातीका करेत, आठ जातीका हरेउ सर्प पाइने गरेको छ । त्यस वाहेक ढोडीया, हरहरे, स्ट्रीफकेलव्याक, वोवास्नेक, धामन र केही जात नखुलेका समेत पाइने गरेको सर्पदशं सेवाका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

हालै गरिएको अनुसन्धानवाट विश्वमा पाइने तीनहजार सर्पका प्रजातीमध्ये नेपालमा ७७ प्रजातीका पाइने गरेको छ । जस मध्ये २१ प्रजातीका सर्प विषालु रहेको जानाइएको छ ।

रेडक्रस उपशाखा दमकमा हरेक वर्ष एक हजार देखि पन्ध्र सयसम्म सर्पदंशका बिरामीले उपचार लिदै आएका छन् । सेवालाई विश्वसनीय बनाउन नेपाल स्वास्थ्य अनुसन्धान परिषद् रामशाहपथ काठमाण्डौ, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, र युनिभर्सिटी हस्पिटल स्वीजरलैण्डको सहयोगमा सर्पदंश परिक्षण अनुसन्धान अध्यान समेत गरिएको छ ।

यसवाट सर्पदंश टोकाई उपचार सिकाई, प्रशिक्षण समेत गरिएको थियो । अनुसन्धानमा बिशालु सर्पले डसेको आधाघण्टा भित्रमा उपचार केन्द्रमा ल्याइसक्नु पर्ने छ ।

यसकालागि दमक उपशाखाले लगभग साढे सात सय भन्दा बढी मोटरसाइकल स्वंयम सेवक परिचालन कार्यक्रम समेत सञ्चालन गरेको छ । प्रत्येक स्वंयम सेवक मोटरसाइकलाइ रेडक्रस उपशाखाले परिचय पत्र समेत प्रदान गरको उपशाखाका सभापति प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

बिरामी जतिसक्दो चाँडो उपचारका लागि ल्याउन सहज होस् भन्ने उदेश्यले यस्ता मोटरसाइकललाई बिरामी ल्याए बापत दुरी हेरेर पेट्रोल खर्च समेत दिने गरिएको छ । यस उपचार केन्द्रमा पश्चिम दक्षिण झापा, भारतीय सिमा क्षेत्रका, दक्षिण इलाम, पश्चिम मोरङ क्षेत्रका बिरामी आउने गरेका छन् ।

Comments

comments

LEAVE A REPLY