झापा मोडलले प्राप्त ग¥यो आइएसए अवार्ड

कलम नेपाल
दमक १४ असार ÷ झापाको दमक स्थित झापा मोडल अङ्ग्रेजी सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ ।
यही असार ११ गते काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय स्कुल अवार्ड वितरणका कार्यक्रममा यो अवार्ड जित्न सफल भएको हो । स्कुलकी संस्थापक सञ्चालक सलोजा श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा स्कुलका संरक्षक जयबहादुर श्रेष्ठले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय स्कुल अवार्ड (आइएसए) अन्तर्गत डिजिटल लिट्रेरसी स्कील, सिटिजनसिप स्कील, क््रmेटिभिटी एण्ड इमाजिनेशन स्कील, कम्युनिकेशन एण्ड कोलाब्रेटिभ स्कील, स्टुडेण्ट लिडरसिप स्कील र क्रिटीकल थिङकिङ एण्ड प्रोब्लेमस् सल्भिङ स्कील जस्ता ६ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् ।
यस कार्यक्रममा सिकेका विषयलाई विद्यार्थीले सुश्म तरिकाले पहिचान गरी समस्या समाधान गर्ने गरेका छन् ।

उत्त अवार्डकालागि देशभरिका १७० विद्यालय सहभागी भएका थिए । जस मध्ये १९ वटा विद्यालय अवार्ड जित्न सफल भएका छन् । अवार्ड जित्ने मध्ये झापाका दुईवटा विद्यालय रहेका छन् । प्रज्ञान एकेडेमी भद्रपुर र झापा मोडल रहेका छन् ।
२०५२ सालमा स्थापना भएको झापा मोडलले अनलाइन प्रोजेक्ट कार्यक्रम सञ्चालक गरेर देशभरिका उत्कृष्ट ४ वटा विद्यालय मध्ये पर्न सफल भएको छ । यो कार्यक्रम अन्तर्गत पोल्याण्डसंग परम्परागत पोसाक आदानप्रदान गर्ने कार्यक्रम रहेको थियो । भने विश्वमा नै बालश्रम विरुद्धको अभियानका कार्यक्रम सञ्चालन गरेको थियो ।

Comments

comments

LEAVE A REPLY