डा.केसी निषेधित क्षेत्रको अवज्ञा गर्दै अनसन बस्ने तयारीमा

कलम नेपाल ।
काठमाडैा , निषेधित आज्ञाको अवेज्ञा गर्दै डा. केसी अनसन बस्ने तयारी गरिरहेका छन्। चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसी अनशन बस्न थालेका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौपछि पनि एमबीबीएस विद्यार्थी धर्ना सुरु हुन नसकेको र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको पनि अनशनको विषय छ।

‘कर्णालीमा म सत्याग्रह गर्न आएको हुँ। जनताले सेवा पाउन भन्ने मेरो उद्देश्य हो,’ डा. केसीले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तीर्थस्थल हो म त्यही अनसन बस्छु, सरकारको निषेधित क्षेत्रको भद्र अवज्ञा गर्छु’।

Comments

comments

LEAVE A REPLY