झापामा मुस्कान सहितको प्रहरी सेवा यही हो ?

तपाईँ , हजुर भन्न आउँदैन : प्रहरी हवल्दार अनिता राई
कलम नेपाल ।
बिर्तामोड ,
मनमोहन हस्पिटल छेउ हातमा मोबाइल चलाउँदै एक महिला ट्राफिक प्रहरी एकहोरो भएर उभिरहेाकी थिइन् । बिहान ११:३० बजेको कुराहो । उनको कानैको छेउमा बज्दै गरेको प्रेसर हर्नको आवाजले उनलाई छोएको थिएन । हेलमेट नलगाई तिनजान हालेर हुईकिएको बाइक हेर्न उनलाई फुर्सद नै थिएन ।

मन्द गतिमा मोबाइलमा एकोरिएर हिँड्दै गरेकी ती ट्राफिक प्रहरी महिलालाई छेउमै आएर ठोकिन लागेको सिटी सफारिले हर्न लगाए पछि मात्र झसंग भईन ।

मोवाईल गोजीमा हाल्दै पेटी तन्काउँदा र टोपी मिलाउँदै दायाँ बांया हेर्न थालिन । हस्पिटलको उत्तर पट्टी रोकि रहेको एक कार नजिकै गईन र लाईसन्स माग्न थालिन ।

चालकलाई किन लाईसन्स मागिन भन्ने कुराको पत्तै थिएन । चालकले प्रश्न गरे मैले केही बिराएकी , किन लाईसन्स माग्नु भयो ? अति नै रूखो शैलीमा प्रस्तुत भएकी ती ट्राफिक प्रहरी महिला हवल्दार अनिता राई रहेछिन । परिचय खुल्ने नाम प्लेट नलगाएकी ती प्रहरी महिलाले बोलेको बोली सुन्न मान्छेको भिड नै थियो ।

यहाँ गाडी रोक्न पाईदैन खुरुक्कन लाइसेन्स दिनुहोस् न उनी अगाडि भन्दै थिइन । म गाडी भित्रैछु हटाई हाल्छु चालक भन्दै थिए । हात पात नै गरुलाझै गरी अनिता कड्किन थालिन ।
नम्र बोलीले माग्नुहोस् न हजुर म लाईसन्स मात्र होइन गाडिनै छाडिदिन तयारछु किन यसरी चर्को स्वरमा बोल्नु हुन्छ चालक भन्दै थिए । तर चालकको कुरा भुईँमा खस्न नपाउँदै ती प्रहरी महिला झन् कड्किन थालिन ।

मलाई तपाईँ , हजुर भन्न आउँदैन , यतिन्जेल यही बोलीले जागिर खाइयो अब किन चाहियो नरम बोली उनी एकहोरो बल्दै थिइन चालकले लाईसन्स दिए उनी बाटो लागिन ।

मुस्कान सहितको प्रहरी सेवा’, ‘जिब्रोको गरिमा मीठो बोलीमा’ र ‘प्रहरी मेरो साथी’ जस्ता आकर्षक नेपाल प्रहरीको नाराले उनीलाई छुन सकेको थिएन ।

गफ गफमै बित्छ उनको जागिर 

प्रहरी हवल्दार पोस्टमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत अनिता राई को दैनिक डियुटी पूर्व र पश्चिम बस स्टेनको ट्राफिक व्यवस्थापनमा पर्ने गर्दछ ।

तर उनको त्यो समय ट्राफिक व्यवस्थापनमा हैन ट्याक्सी , ट्याम्पो र सिटी चालकहरू सँग गफ गफमै मात्र बित्ने गर्छ । अनुगमन कम भएका कारण उनीहरूले डियुटिको समय लाई दुरुपयोग गर्ने गरेका हुन । यसरी ड्युटीमा रहेकाहरुबाट ध्यान नदिएपछि बिर्तामोडको ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको ब्यवशाहि भुपेन ढु‌ङ्गेल बताउछन ।

Comments

comments

LEAVE A REPLY