इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनलमा पुग्यो

 

कलम नेपाल

एजेन्सी २० असार । इन्जुरी टाइममा कोलम्बियाले बराबरी गोल फ्रकाएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको खेलमा  इङ्ल्याण्ड ४(३ ले विजयी भएको छ।

टाइब्रेकर कोलम्बियाले २ पेनाल्टी मिस गरेको थियो। जीतका लागि इङ्ग्ल्याण्डले अन्तिम पेनाल्टीसम्म कुर्नु परेको थियो। पेनाल्टी मार्फत इङ्ल्याण्डले विश्वकप इतिहासमा जीत हात पारेको यो पहिलो अवसर हो।

क्वाटरफाइनलमा स्वीडेनसँग भिड्दै 

मंगलबार अबेर राती सम्पन्न भएको खेलमा पेनाल्टीबाट इङ्लिस टोलीलाई खेल सुम्पनुअघि कोलम्बियाले खेलको ९३ औं मिनेटमा गोल गर्दै लगभग इङ्ल्याण्डको पक्षमा गइसकेको खेलमा रोचक पुनरागमन गरेको थियो।एरी मिनाले कोलम्बियाका लागि सो बराबरी गोल गरेका थिए ।

उनको त्यो अन्तिम मिनेटको गोलले कोलम्बियाको क्वाटरफाइनल सपनालाई अन्तिम अवस्थामा फेरि जीवित पारिदिएको थियो। त्यसपछि चलेको ३० मिनेटको अतिरिक्त समयको खेलमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा धकेलियो।

आजको खेलमा इङ्ग्ल्यान्डले पेनाल्टीबाट खेलमा अग्रता लिएको थियो। इङ्लिस कप्तान हेनेरी केनले खेलको ५८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

केनलाई कोलम्बियाका ह्यानचेजले डि(वक्समा फल गरेपछि रेफ्रीले इङ्ल्याण्डलाई पेनाल्टी दिएका थिए। इङ्ल्याण्डको विजयसँगै जारी विश्वकपको क्वाटरफाइनलको समिकरण पूरा भएको छ। इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएशिया पुगेका छन्।

Comments

comments

LEAVE A REPLY