कम्युनिस्ट अधिनायकवाद होइनः भट्टराई

कलम नेपाल

झापा २० असार, । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सरकारले अधिनायकवाद ल्याउन खोजेको भन्ने हल्ला निराधार रहेको बताएका छन् ।

चुनावमा कमजोर भएपछि बिपक्षीले यो बिषयमा नारा लगाउदै हिडेको भन्दै प्रजातन्त्रमा अधिकायकवाद कहा आउँछ कसरी आउछ भनी प्रतिप्रश्न गरे । कम्युनिष्टको कुन घोषणा पत्रमा अधिनायकवाद उल्लेख छ । निराधार अरोपको पछि नलाग्न भट्टराईको अग्रह छ ।

गैर सरकारी संस्था महासंघ झापाले मङ्गलबार काँकडभिट्टामा आयोजना गरेको ‘प्रथम नागरिक सम्मेलन’ मा उनले भने, ‘वर्तमान सरकारलाई अधिनायकवादको आरोप लगाइएको छ । यो सरकारमाथिको गम्भीर आक्षेप मात्रै हो ।’

कम्युनिस्ट शासन सत्तामा यस्तो कल्पनासम्म गर्न नहुने तर्क गर्दै उनले भने, ‘देश र जनताको सर्वोपरी हित हुने जायज मागमा सरकार सकारात्मक छ ।’

धार्मिक, जातीय लगायत मुलुकको हित विपरीतका द्वन्द्व निस्तेज पार्न सरकारले चालेको कदमलाई अधिनायकवादको संज्ञा दिनुलाई दुःखद् भन्दै नेता भट्टराईले देश अधिनायकवादतर्फ धकेलियो भनेर भ्रम नफैलाउन समेत आग्रह गरे ।

सम्मेलनका क्रममा महासंघका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर एकका इञ्चार्ज उमेश विश्वकर्माले बद्लिदो परिस्थितिमा गैर सरकारी संस्थाको भूमिकाका विषयमा धारणा व्यक्त गरे ।

कार्यक्रममा पूर्व साँसद् प्रेम गिरीले ‘एक नम्बर प्रदेश झापाको समृद्धिका सम्भावना, अवसर र प्राथमिकता’ विषयक कार्यपत्र प्रस्तुत गरे भने महासंघका केन्द्रीय कोषाध्यक्ष जीतराम लामाले ‘दिगो विकास लक्ष्य र स्थानीयकरणको सवाल’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

Comments

comments

LEAVE A REPLY