विश्वकपमा बढी गोल गर्ने खेलाडीहरु

 

कलम नेपाल

काठमाडौं २० असार । विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने ८ टिमको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ । विश्वकपको उपाधिलाई लिएर जति चासो छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ ।

गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले गरेको गोल संख्या ६ छ ।  मंगलबार राति भएको खेलमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेपछि गोल्डेन बुटमा केनको सम्भावना बढेको हो ।

कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका उनले आफ्नो गोलसंख्या ६ पुर्याए । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन् । उनको गोल संख्या ४ छ ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् ।  पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले उनको कुनै चुनौती छैन ।

त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन ।

समूह चरणका दुई खेलमा केनले ५ गोल गरेका थिए । ट्युनिशियाविरुद्ध दुई गोल गरेका उनले पानामा विरुद्धको खेलमा ह्याट्रिक नै गरेका थिए । ६ गोल गरेका केनले ३ गोल भने पेनाल्टीमार्फत गरेका हुन् ।

                       विश्वकपका उच्च गोलकर्ता

१। ह्यारी केन, इंग्ल्याण्डः ६ गोल

२। क्रिस्टियानो रोनाल्डो, पोर्चुगलः ४ गोल

३। रोमेलु लुकाकु, बेल्जियमः ४ गोल

४। एडिन्सन काभानी, उरुग्वेः ३ गोल

५। डेनिस चेरिसेभ, रुसः ३ गोल

६। डिएगो कोस्टा, स्पेनः ३ गोल

७। आर्टेम डिजुबा, रुसः ३ गोल

८। किलियन एमबाप्पे, फ्रान्सः ३ गोल

९। यारी मिना, कोलम्बियाः ३ गोल

Comments

comments

LEAVE A REPLY