गुण्डागर्दीमा संलग्न ४ जना पक्राउ

कलम नेपाल

काठमाडौं २१ असार । प्रहरीले गोंगबु, नयाँ बसपार्क र बालाजु क्षेत्रमा गुण्डागर्दीमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले नुवाकोट लिखु छहरे २ घर भई मनमैजु बस्ने २९ वर्षका सुरेश डंगोल, पञ्चकन्या २ घर भई गोंगबु बस्ने ३२ वर्षका राजकुमार ढुंगाना, रोल्पा सुखीदह २ घर भई टोखा बस्ने ३० वर्षका रामकुमार घर्ती र गोरखा घर भई टोखा बस्ने भीमबहादुर थापालाई पक्राउ गरेको हो ।

उनीहरुले होटल,  रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुलेको र विभिन्न व्यक्तिसंग झगडा गरी अशान्ति सिर्जना गर्ने सूचनाको आधारमा पुगेको प्रहरीले बुधबार राति गोगंवुको म्याग्दी चोकमा बसिरहेको ठाउँबाट उनीहरुलाई पक्राउ गरेको परिसरका डिएसपी मोहन थापाले बताए ।

Comments

comments

LEAVE A REPLY