वैदेशिक रोजागारी ठग्ने युग समाप्त भयोः मन्त्री विष्ट

मन्त्री विष्ट

कलम नेपाल

काठमाडौं २६ असार । श्रम तथा रोगजार मन्त्री गोकर्ण विष्टले अब वैदेशिक रोजागारी र अन्य कुनै पनि बाहनामा नेपाली युवाहरुलाई ठग्ने युग समाप्त भएको बताएका छन् ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने मन्त्री विष्टले प्रतिवद्धता जनाएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि ठगिरहित रोजगारी प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको उनको भनाइ छ ।

मलेसिया सरकारसँग अहिले छलफल भइरहेको जानकारी दिँदै मन्त्री विष्टले अन्य देशमा जस्तै मलेसिया सरकारसँग पनि श्रम सम्झौताको प्रक्रिया सरकारले अघि बढाइरहेको उनले बताए ।

नेपाली युवाहरुका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले काम गरिरहेको बताउँदै मन्त्री विष्टले विदेश जानुको साटो देशमै काम गर्ने वातावरण बनाउन सरकार लागिपरेको बताए ।

तर, सरकारले कतिपय राम्रो काम गर्न खोज्दा केही शक्ति र व्यक्तिहरुलाई औडाहा भएको भन्दै मन्त्री विष्टले त्यस्ता विरोधबाट सरकार विचलित नहुने बताए ।

 

Comments

comments

LEAVE A REPLY