गंगामायाले अनशन स्थगन गरिन्

गगामाया अनसन स्थगन गर्दै

 

कलम नेपाल

काठमाण्डाै ३० असार । डेढ महीनादेखि आमरण अनशनरत गंगामाया अधिकारीले अनशन स्थगन गरेकी छन् ।

सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले उनका माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि मानवअधिकारवादीहरुको रोहवरमा गंगामायाले अनशन स्थगन गरेकी हुन् ।

छोरा कृष्णप्रसादको हत्याका अभियुक्तलाई अदालतमा उपस्थित गराउने, देशबाहिर रहेका अभियुक्तलाई तदारुकता साथ अदालत समक्ष उपस्थित गराई न्याय प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने, अनसनरत अवस्थामा मृत्यु भएका गंगामायाका पति नन्दप्रसादको सम्मान सहित दाह संस्कार गर्ने, जेठा छोरा नुरप्रसादको खोजी गर्ने, उनको आफ्नै स्वास्थ्योपचार र आजीविकाको व्यवस्था गर्ने लगायतका गंगामायाका माग पूरा गर्ने सरकारले लिखित प्रतिवद्धता जनाएको छ ।

गंगामायाले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको हातबाट जुस खाएर अनशन तोडेकी हुन् । आफ्ना माग पूरा गर्ने प्रक्रिया १० दिनभित्र अघि नबढाइएमा पुनः अनशन बस्ने पनि उनले सरकारलाई चेतावनी दिएकी छन् । स्राेत हिमालखवर

Comments

comments

LEAVE A REPLY