फ्रान्सलाई विश्वकप उपाधि

कलम नेपाल

मस्को — स्टार खेलाडीले भरिएको फ्रान्सले सुस्त सुरुआत गरेरपनि विश्वकप फुटबलको उपाधि जितेको छ । उसले आइतबार लुजनिकी रंगशालामा भएको फाइनलमा क्रोएसियामाथि ४—२ को जित रच्दै दोस्रोपल्ट विश्वकप जितेको हो ।

यो विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गरेका १९ बर्षीय फरवार्ड किलियन एम्बाप्पे, एन्टोइन ग्रिजमन र पउल पोग्बाको गोलसँगै फ्रान्स फेरि विश्वविजेता भएको हो। यसअघि उसले सन् १९९८ मा घरेलु भूमिमा भएको फाइनलमा ब्राजिललाई ३—० ले हराएर पहिलोपल्ट विश्वकप जितेको थियो। उसलाई २००६ को फाइन्लमा भने इटालीले पेनाल्टी सुटआउटमा स्तब्ध पारेको थियो।

डिडियर डढेसच्याम्प २० बर्षअघि फ्रान्स च्याम्पियन हुदा कप्तान थिए। अहिले उनी प्रशिक्षकको रुपमा च्याम्पियन भए। यसरी खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने उनी तेस्रो व्यक्ति हुन्। फरवार्ड ओलिभर जिरोउ सातौं खेलमा पनि गोलको खाता खोल्न असफल भए तर एम्बाप्पे, ग्रिजमन र पोग्बाले क्रोएसियाली डिफेन्सलाई ध्वस्त पारिदिए। मिडफिल्डमा फेरि ल्युका मोडरिच चम्किए तर उनी एक्लैले क्रोएयिालाई विश्वकप जित्ने नवौं टिम बनाउन सकेनन्।

दुई दशकयताका दुईपल्ट विश्वकप जित्ने फ्रान्स पहिलो टिम हो। दोस्रोपल्ट च्याम्पियन भएपछि उसले उरुग्वे ९१९३० र १९५०० र अर्जेन्टिना ९१९७८ र १९८६० को उपलब्धि पनि बराबरी गऱ्यो। यसभन्दा बढी इटाली र जर्मनीले चार—चार तथा ब्राजिलले पाँचपल्ट विश्वकप जितेका छन्। क्रोएसिया भने फाइनल पुगेरपनि उपाधि नजित्ने चोथे टिम बन्यो। उसको हारसगै सन् १९५८ यता हरेक २० बर्षमा नया च्याम्पियन निस्कने क्रम पनि तोडियो।

फ्रान्सले यो विश्वकपको पहिलो खेलमा अस्ट्रेलियालाई २—१ ले पराजित गर्न भिडियो अस्टिेन्ट रेफ्रिको सहायेग लिनुपरेको थियो। र, समूहको अन्तिम खेलमा डेनमार्कविरुद्ध पनि निरस फुटबल खेलेको थियो। तर, नकआउट प्रवेशसगै उसले लय समात्यो।

अन्तिम १६ मा लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध ४—३ को जितमा दुई गोल गर्दै एम्बाप्पेले नया सुपरस्टारको रुपमा उदाएको संकेत दिए। त्यसपछि फ्रान्सले क्वाटरफाइनलमा अर्को दक्षिण अमेरिकी टिम उरुग्वेलाई हराएको थियो। उसले सेमिफाइनलमा स्टार खेलाडीको वर्चस्व रहेको बेल्जियमलाई पराजित गर्न पनि धेरै मिहिनेत गर्नुपरेको थिएन।

कुल ४० करोड अमेरिकी डलर पुस्कारको विश्वकपमा फ्रान्सले तीन करोड ८० लाख हात पाऱ्यो। उपविजेता क्रोएसियाको भागमा २ करोड ८० लाख डलर रह्यो। ३० टिम सहभागि एक महिने प्रतियोगितामा इंग्ल्यान्डलाई हराएर तेस्रो भएको बेल्जियमले २ करोड ४० लाख डलर पायो।

Comments

comments

LEAVE A REPLY