बि एण्ड सिका सञ्चालक प्रसाईंलाई कारबाही गर्न माग

 

कलम नेपाल ।
काठमाडौँ – बङ्गलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राको आचरणप्रति अमर्यादित टिप्पणी गर्ने व्यवसायी दुर्गा प्रसाईं र पूर्व कानुन मन्त्री शेरबहादुर तामाङप्रति सरकारको आधिकारिक धारणा नआए आन्दोलनमा उत्रने नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बङ्गलादेशका विद्यार्थीहरूले चेतावनी दिएका छन् ।

एसोसिएसनका अध्यक्ष नवीन यादवको नेतृत्वको टोलीले मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पूर्व मन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईंले बङ्गलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्रामाथि अत्यन्त अमर्यादित, अशिष्ट, र अराजक टिप्पणी गरेकाले यसले आफूहरूलाई चोट पुगेको बताउँदै उनीहरूमाथि कारबाहीको माग गरेका छन् ।

आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

Comments

comments

LEAVE A REPLY