नारायणगढ मुग्लिन सडक अवरूद्ध

तस्वीर फाईल

 

 

कलम नेपाल

चितवन १९ साउन — नारायणगढ मुग्लिन सडकको घुमाउनेमा पहिरो खस्दा शनिबार बिहान ६ बजेदेखि यातायात अवरुद्ध भएको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सुरूमा ढुंगा खसेका बेलामा गाडी रोकेर अरू बेला चल्न दिए पनि अहिले गाडी पुरै रोकिएका छन् ।

पानी परिरहेका कारण पहिरो हटाउन सकिएको छैन । वर्षा रोकिए लगत्तै पहिरो सफा गरेर गाडी खुलाउने चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक वेदप्रसाद गौतमले बताए ।

Comments

comments

LEAVE A REPLY