अन्तराष्ट्रिय झापालि समाजको दोस्रो क्षेत्रीय भेला कोरियामा हुने

 

हेम सुवेदी ।

कलम नेपाल ,

दक्षिण कोरिया २६ साउन । सन्सार भरि छरिएर रहेका झापलीहरुको साझा संगठन अन्तरास्ट्रीय झापालि समाजको दोस्रो क्षेत्रीय भेला दक्षिण कोरियको सिओलमा हुने हुने भएको छ ।

झापाको बिर्तामोडमा २०१७ अक्टोबरमा अन्तराष्ट्रीय झापाली समाजको प्रथम अधिवेसनबाट गठित समितिले संगठन रहेको ५ क्षेत्रहरुमा क्षेत्रीय भेलाहरु गर्दै लैजाने निर्णय गरेको थियो । सोहि अनुरुप प्रथम क्षेत्रीय भेला गत अप्रीलको २६, २७, २८ तारिक कतारमा सम्पन्न भएको थियो । त्यसैलई निरन्तरता दिदै दोस्रो क्षेत्रीय भेला सिओलमा हुन लागेको हो । यसरी नै अरु अरु देशहरुमा समेत क्रमश भेला गर्दै लगिने जनाइएको छ ।

समृद्ध झापा निर्माणको लागि अन्तराष्ट्रिय झापाली समाज भन्ने मुल नाराका साथ अगाडी बढेको समाज २४ भन्दा बढी देशहरुमा शाखा बिस्तार भैइसकेको छ । आगामि २ वर्षभित्रमा ४० भन्दा बढी देशहरुमा शाखा बिस्तार गरिने लक्ष्य रहेको अन्तराष्ट्रीय झापालि समाजका अध्यक्ष दिनेश पोख्रेलले जानकारी दिए ।

दक्षिण कोरियाको सिओल स्थित भर्खरै मात्र खोलिएको सबै भन्दा ठुलो नोभोटेल  होटल सेवल ड्यागन मा आउंदो सेप्टेम्बर २४,२५ र २६ तारिकमा भेला सम्पन्न हुन लागेको हो । भेलाको पहिलो दिन कोरियामा झापालिहरुको पाहुनाहरुलाई स्वागत र बन्द सत्र गरिने कार्यक्रम छ ।  त्यसैगरि दोस्रो दिन प्रमुख कार्यक्रम तथा बिभिन्न रचनात्मक अन्तक्रृया कार्यक्रम गरिने छ । यसैगरि तेस्रो दिन विभिन्न देशबाट पाल्नु भएका पाहुनाहरुलाई सिओलको पर्यटकिय स्थलहरुको अवलोकन गराइने छ ।

कोरियास्थित झापालिहरु लगायत बिभिन्न देशबाट पाल्नुहुने अथितिहरु र स्थानीय  संघ सस्थाका प्रतिनिधिहरु कुटनैतिक नियोग लगायत अन्य व्यापारी बुद्धीजीबिहरु सबै समेटेर झण्डै ५०० जनाको सहभागिता रहने छ । पहिलो चोटि हुनलागेको यो अन्तर्राष्ट्रिय समारोहमा सबैको साथ र आपसी सहयोगको लागि अन्तराष्ट्रिय झापाली समाजका सल्लाहकार एवं झापा मिलन समाज दक्षिण कोरियाका संरक्षक केपी सिटौला आव्हान गर्नुभएको छ।

अन्तराष्ट्रीय  झापालि समाजको दोस्रो क्षेत्रीय भेला अत्यन्तै सफल सब्य र भब्य रहने र भेलाबाट महत्वपुर्ण निर्णय हुने जनाईएको छ । उक्त कार्यक्रममा कोरियामा विभिन्न पेशामा आबद्ध सम्पूर्ण संघ संस्थाका प्रतिनिधि, व्यावसायि, पत्रकार ,विधार्थी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको साथ, सहयोग र उपस्थितिको लागि  आयोजक झापा मिलन समाज दक्षिण कोरियाका अध्यक्ष एवं अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष एसिया प्यासिफिक राजु सन्तोषी थापा बताउए ।

Comments

comments

LEAVE A REPLY