कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्ने

कलम नेपाल कोरीया–
गत वर्षदिेखि स्थगित भएको सिविटी भाषा परिक्षा यो वर्षको लागि अप्रिल र अगस्तमा गरि २ चोटी आवेदन खुलाईने एचआरडी कोरियाले जानकारी गराएको छ ।

जनवरी २०१० देखि कोरियाबाट फर्किएका कामदारहरुले सिविटी भाषा परिक्षामा सहभागी हुन पाउने छन् । यसवर्षदेखि कार्यक्षमता, टोपिक लेभल तथा फर्किएका कामदारको समयावधि हेरेर पोइन्ट पाउने प्रणाली पनि लागु गर्ने भएको छ ।

कोरियाबाट तीन बर्ष काम गरि फर्केका ३९ बर्ष नकटेका ब्यक्तीहरु मात्र सिबिटीमा सामेल हुन पाउदछन । मानब संशाधन बिकास (एचआरडी) कोरियाले सञ्चालन गर्ने कम्युटरमा आधारित परिक्षा (सिविटी)मा उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्नका लागि फारम भर्न पाइन्छ । कोरियामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका ब्यक्तिहरु सिविटीका लागि योग्य हुन्छन् । सिविटीमा सामेल हुनका लागि कोरियाबाट फर्किँदा एलाइन्स रेजिष्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्दछ ।

सिविटी भाषा परिक्षा यो वर्षको लागि अप्रिल र अगस्तमा गरि २ चोटी आवेदन खुलाईने जानकारी भएपनि कामदारको कोटा भने तोकिएको छैन ।

Source: hellonepalkorea

Comments

comments

LEAVE A REPLY