कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि नेपाल सरकारले माग्यो ४ सुझाव

कलम नेपाल कोरीया– नेपाल सरकार अन्र्तगत बैदेशिक रोजगार प्रवर्धन वोर्डले दक्षिण कोरियामा हुण्डीबाट नेपालीहरु ठगिन थालेपछि औपचारिक रुपमा विप्रेषण गर्ने सम्वन्धमा कार्यदल गठन गरेको छ ।

सो कार्यदलले कोरियामा आर्जित रकम औपचारिक माध्यमबाट विप्रेषण गर्ने सम्वन्धमा सुरुमा विभिन्न राय संकलन गर्ने जनाएको छ ।

औपचारिक माध्यबाट रकम पठाउन अवलम्वन गर्नुपर्ने विषयमा यस सँग सम्वन्धित विज्ञ, पेशाविद, जानकार तथा सरोकारवाला सवैलाई निम्न ४ विषयमा सुझाव उपलब्ध गराईदिन वोर्डले आज एक सुचना प्रकाशित गरेको छ ।

१. दक्षिण कोरियामा कार्यरत नेपाली कामदाहरुले आर्जन गरेको रकम औपचारिक माध्यमबाट विप्रेषण हुन नसक्नुका कारणहरु र त्यस्ता समस्या समाधानका लागि अवलम्वन गर्नुपर्ने उपायहरु

२ नेपाली कामदारहरुले आर्जन गरेको विप्रेषण सरल, सुलभ, शिघ्र, सुरक्षित एवं मितब्ययिरुपमा औपचारिक माध्यमबाट विप्रेषण गर्न कुन कुन निकायबाट के कस्तो नीतिगत, कानुनी एवै अन्य ब्यवस्था गर्नुपर्ने हो सो सम्वन्धी सुझाव

३ आर्जित रकम औपचारिक माध्यमबाट विप्रेषण गर्ने कामदारहरुलाई भविष्यमा राज्यको तर्फबाट पुरस्किृत एवं प्रोत्साहित गर्ने उपाय र औपचारिक माध्यमबाट विप्रेषण नगर्ने प्रर्वत्तिलाई निरुत्साहित गर्न राज्यका तर्फबाट अवलम्वन गर्नुपर्ने उपायहरु

४ कामदारले कोरियामा आर्जित रकम औपचारिक माध्यमबाट रेमिट गरे नगरेको एकिन गर्ने, अनुगमन गर्ने आधार र विधिहरु त्था यस सम्वन्धी अन्य सान्दर्भिक विषयहरु ।

दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत हालसम्म ४० हजार भन्दा बढि कामदार कोरिया पुगे पनि निकै कम रकम औपचारिक माध्यमबाट विप्रेषण हुने गरेको देखिएको जारि सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७३ कार्तिक १३

Comments

comments

LEAVE A REPLY