पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने

काठमाडौं । अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ आउदो माघ २६ गते बाट प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री श्वेताले फेसबुकमा एक स्टाटस लेख्दै स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ प्रति श्रद्धाञ्जली स्वरुप माघ २६ मा चलचित्र ‘कान्छी’ दर्शक माझ ल्याउने तयारीमा आफु लागेको जानकारी गराएकी छन् ।

तिहारको मुखमा लक्ष्मी पुजाको दिन सम्पूर्ण  छायाँकन सकिएको सो चलचित्रले  जम्मा  ५० दिन लगाएर  छायाँकन गरिएको थियो ।  चलचित्र मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका स्थानमा छायानँकन गरिएको अभिनेत्री श्वेताले जानकारी दिइन् ।

आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र श्वेता खड्काको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा दयाहाङ र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।

ग्रामिन भेगको बिषय बस्तुमा निर्माण भएको सो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको देहान्त पछी श्वेताको यो अभिनयमा कमब्याक चलचित्र हो । दर्शकले पक्कै रुचाउने आशा गरिएको छ ।

Comments

comments

LEAVE A REPLY