बनभोजको रकम लिएपनि सरसफाइ नगर्दा कन्काई नदीमा फोहर थुप्रँदै

झापाको पवित्र तीर्थस्थलको रूपमा चिनिएको कन्काई नदी आसपासको क्षेत्रमा बनभोज स्थलको फोहोरमैला नदीमा फालिने गरिएको छ ।

कलमनेपाल – समाचारदाता

झापा ।

हिजोआज पर्यटकीय स्थल नदी किनारका धेरै स्थानमा वनभोज खानेको भिडनै लाग्ने गरेको छ । वनभोज कार्यक्रम व्यवस्थित गर्न स्थानीय समुदायले वनभोजमा सहभागी भएबापत शुल्कनै लिने गरेका छन् । शुल्क लिएर पनि यहाँ हुने फोहोर मैला व्यवस्थान भएको पाइँदैन । अधिकांश वनभोज स्थल फोहोर मैलाले भरिँदै गएका छन् ।

झापाका सबैभन्दा बढी वनभोज कार्यक्रम हुने शिवसतासी नगरपालिकाको दोमुखा, कन्काइ नगरपालिकाको धनुषकोटी क्षेत्रमा वनभोज कार्यक्रमबाट हुने फोहोर व्यवस्थापन हुन नसकेको हो । यहाँ हुने वनभोज कार्यक्रमबाट निस्कने पानीका बोतल, रक्सीका बोतल, प्लास्टिक, खानाखाने कागज तथा प्लास्टिकका प्लेट देखि विभिन्न फोहोर सबै कन्नकाई नदी किनारमा फल्ने गरिएको छ ।

फोहोर व्यवस्थापन गर्न ध्यान दिन नसक्दा दिनदिनै पवित्रा धार्मिक स्थलको रूपमा चिनिने कन्काई नदी फोहोरले भरिँदै गएको छ ।

कन्काई नदीको दायाँबायाँ रहेका वनभोज स्थलमा हुने फोहोर मैला सबै कन्काई नदी किनारमा जाथभावी रूपमा फालिँदै आएको छ ।

 

तस्बिर– टीकाराम उप्रेती

Comments

comments

LEAVE A REPLY