झापामा निर्माण गरिने भ्यू टावरको यस्तोछ अवस्था

कलमनेपाल समाचार –

झापाको दमकमा निर्माण गरिने भ्यू टावरको लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

जग्गा व्यवस्थापन कै लागि भ्यू टावर निर्माण स्थल नजिकै कार्यालय निर्माण गरेर काम अघि बढाइएको हो । दमक भ्यू टावर निर्माणकालागि जग्गा व्यवस्थापन तथा सहयोग समितिको सोमबार कार्यालय उद्घाटन गरिएको छ । कार्यालयबाट टावर निर्माणार्थ स्थानीय दाताबाट प्राप्त जग्गाको स्वामित्व दमक नगरपालिकाको नाममा सार्ने काम अघि बढाउदै गरेको दमक नगरपालीका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले जानकारि गराए ।

कार्यालयको उद्घाटन गर्दै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले भ्यू टावर निर्माणले स्थानीयको विकास र जीवन शैली फेरिने बताए । टावर निर्माणकालागि दमक ३ मा तीन बिगाहा जग्गा मां पञ्चकन्या हाउजिङले उपलब्ध गराएको थियो । अन्य स्थानीयदाताबाट समेत जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाइएका छन् । यसरी उपलब्ध गराइएको जग्गा व्यवस्थापन जतिसक्दो चाँडो सम्पन्न गरिने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले बताए ।

सपिङ कम्प्लेक्स सहितको अत्याधुनिक टावर निर्माणकालागि जम्मा ५ बिगाहा जग्गा प्राप्त हुने प्रक्रियामा रहेको जनाइएको छ । करिब एक अर्ब ५५ करोडको लागतमा निर्माण हुन लागेको टावर जग्गाको स्वामित्व प्राप्त हुनासाथ टेन्डर प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

Comments

comments

LEAVE A REPLY