कतारको कमाइले नेपालमा मन्दिर निर्माण

कलम नेपाल

पथ्थरभीट्टा ,

कतारमा कमाएको पैसाले निर्माण गरिएको शिवालय मन्दिर पथरभिटामा मंलबार देखी सप्ताह पुराण सुरु भएको छ ।

घरको गुजारा चलाउनै मुस्किल भयो । आम्दानीको बाटो केही भएन । गाउँघरमा रोजगार पनि पाइएन । मुख फेरिने देश पनि हेरिने भन्ने नेपाली उखान जस्तै देश हेर्ने रहर जागेर आयो । झापाको बिर्तामोड नगरपालिका १० पत्थरभिट्टाका युवा गोकुल सुवेदीलाई ।

यस्तै अवसर खोज्ने क्रममा वैदेशिक रोजगारको लागि उनले कतारको बाटो रोजे ।

सुवेदी जस्तै यो क्षेत्रका धेरै युवा वैदेशिक रोजगारको क्रममा विभिन्न मुलुक गएका छन् वैदेशिक रोजगारमा । सबैले मिलेर आफ्नो ठाउँको हित हुने कुनै काम गर्ने योजना बन्याै स्थानीय पदम श्रेष्ठले बताए ।

कतारमा रकम संकल गरि मन्दिर निर्माण गर्ने युवाहरु ।

सोही क्षेत्रबाट बिदेशिएका १३ जना युवाले दुख गरेर कमाएको केही रकमबाट गाउँमा एउटा मन्दिर निर्माण गरेका छन् । वैदेशिक रोजगारमा कमाएको केही रकम बचाएर शिवालय मन्दिर निर्माण गरिएको नन्दकुमार कडेलले बताए ।

पत्थरभिट्टाका बस्नु सुवेदी, बलराम राई, टंक न्यौपाने, शिवनारायण श्रेष्ठ, खुवराज भट्टराई, पदम न्यौपानेले आर्थिक सहयोग सङ्कलन गरेका थिए । यस्तै मन्दिर निर्माणमा गोकुल सुवेदी, विकास पौडेल, पवन श्रेष्ठ, टिका थपलिया, नन्दकुमार कडेल, जीवनकुमार श्रेष्ठ, टिकाराम रायले रकम सङ्कलन गरेका थिए ।

उनीहरूको रकमबाट एक कठ्ठा जग्गा खरिद गरेर शिवालय मन्दिर निर्माण गरिएको शिवालय मन्दिर संरक्षण समितिका संस्थापक अध्यक्ष ओमप्रकास श्रेष्ठले जानकारीदिए । उनीहरूले उठाएको रकमलाई मूल पुँजी मानेर स्थानीय बासिन्दाहरुको समेत सहयोगमा मन्दिर निर्माण गरिएको हो ।
हाल उक्त शिवालय मन्दिरमा सप्ताह पुराणको आयोजना गरिएको हो ।

Comments

comments

LEAVE A REPLY