राष्ट्रियसभामा वाम गठबन्धनको बहुमत

फाईल तस्बिर

कलम नेपाल –

काठमाडौँ ।
राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रस्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन ।

मङ्गलवार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परिणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचित र निर्विरोध गरी ५३ सिटको परीणम आउँदा वाम गठबन्धनले ३६ सिट जितेको छ । जसमा एमालेको २५ सिट छ भने माओवादीले ११ सिट जितेको छ । काँग्रेसले १३ सिट जित्दा राजपा र सङ्घीय समाजवादी फोरमले २-२ सिट जितेका छन् ।

कुन प्रदेशमा के भयो ?

प्रदेश १ बाट ६ सदस्य निर्विरोध भएका थिए । दलित र अपाङ्ग तथा अल्पसङ्ख्यक कोटामा चुनाव भएको थियो र दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । चुनावी प्रतिस्पर्धामा काँग्रेस उम्मेदवारहरू हारेका छन् ।

प्रदेश २ बाट आठै सदस्य निर्विरोध चयन भए । उनीलाई बुधवार नै प्रमाणपत्र दिइएको छ ।

प्रदेश ३ मा वाम गठबन्धनका महिला कोटाकी उम्मेदवार गङ्गा पराजुली पराजित भइन् । त्यहाँ एमालेका दुई महिला उम्मेदवार र काँग्रेसका एक विजयी भएका छन् । यस्तै नेमकिपा र राप्रपाका उम्मेदवार पनि हारेका छन् ।

प्रदेश ४ मा खुला र महिलातर्फ काँग्रेस र वाम गठबन्धनका उम्मेदवार विजयी भए । राजमोका उम्मेदवार पराजित भए । दलित कोठामा वाम गठबन्धनले काँग्रेस उम्मेदवारलाई पराजित गर्दा अपाङ्गमा काँग्रेस उम्मेदवार निर्विरोध भएका थिए ।

प्रदेश ५ मा महिला समूहबाट तीन सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । दलित र अपाङ्ग तथा अल्पसङ्ख्यकका साथै खुलातर्फ दुई सिट वाम गठबन्धनले जित्दा खुला तर्फको एक सिटमा कांग्र्रेस उम्मेदवार विजयी भएका छन् ।

त्यहाँ पनि राजमोका उम्मेदवार पराजित भए ।

प्रदेश ६ को खुलाको गणना जारी छ । महिला, दलित र अपाङ्ग तथा अल्पसङ्ख्यकमा वाम गठबन्धन विजयी भएका छन् ।

प्रदेश ७ मा मात्र दुई सिटका लागि चुनाव भएको थियो र दुवै सिट वाम गठबन्धनले जितेको छ ।

Comments

comments

LEAVE A REPLY